१८ श्रावण २०८३, सोमबार | August 3, 2026

समाजको नेतृत्व गर्ने पार्टी नै आन्तरिक समस्यामा अलमलिन नहुने : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले स्वर्गिय जननेता मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई वैचारिक रुपमा नयां दिशा दिएको बताउनुभएको छ । मदन भण्डारी र जिवराज आश्रितको २७ औं स्मृति दिवसको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पार्टि संगठनमा सामाजिक अराजकताको प्रभाव परेको बेला कुशल संगठक स्वर्गिय जीवराज आश्रीतको सधै सम्झना हुने बताउनुभयो ।

उहांले स्वर्गिय मदन भण्डारी र जिवराज आश्रीतले नेपाली कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । नेकपाको एकताको मुल्य मान्यता पछि निष्ठा र प्रतिवद्धताको कमिका कारण अहिले संकट उत्पन्न भएको उल्लेख गर्दै उहांले देश र समाजको नेतृत्व गर्ने पार्टी नै आन्तरिक समस्यामा अलमलिन नहुने बताउनुभयो । पार्टि एकतालाई कसरी बलियो वनाउन सकिन्छ भन्ने विषयमा हरेक कार्यकर्ता र नेताले बुझनु पर्ने भन्दै मुख्यमन्त्री पोखरेलले विगतको कुरा गरेर एकतालाइ प्रभावकारी रुपमा अगाडी बढाउन नसकिने बताउनुभयो ।

२०५० साल जेठ ३ गते पोखराबाट चितवन जांदै गर्दा दासढुंगामा भएको जिप दुर्घटनामा परि नेताद्धयको निधन भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले मणिमुकुन्द सेन उद्यान बुटवलमा फुलबारीमा निर्मित नेताद्धयको शालिकमा प्रदेश ५ का नेकपा ईन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले माल्यार्पण गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ६ : १८ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा