१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

चन्द्रागिरि नगरपालिकामा घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध



काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम फैलिन नदिन नगरबासी सबैलाई घरबाहिर निस्कन निषेध गरेको छ ।

नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकामा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ । नगरपालिकालाई जेठ ७ गतेसम्म सिल समेत गरिएको छ ।

काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको नगरपालिकाभित्र कोरोना सङ्क्रमित बढेसँगै क्वारेन्टाइन थप गर्न लागिएको छ ।

नगर प्रवक्ता हरिभक्त महर्जनले क्वारेन्टाइनको क्षमता विस्तार गर्न लागिएको जानकारी दिनुभयो ।

नगरपालिकामा हाल ४० श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा गरेको छ । चन्द्रागिरि अस्पतालमा १५ र चुनदेवी माध्यमिक विद्यालय थानकोटमा २५ श्ययाको रहेको छ ।

नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय र मनमोहन अस्पताल दहचोकमा क्वारेन्टाइन विस्तार गर्न लागेको छ ।

हाल चन्द्रागिरिमा कोरोना सङ्क्रमित देखिएका व्यक्तिलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार गरिँदै आएको छ । हालसम्म सो नगरपालिकामा पाँचजनालाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको जनाइएको छ ।

नगरपालिकाले हालसम्म ४८५ व्यक्तिमा कोरोना परीक्षण गरिसकेको छ ।

सशस्त्र प्रहरी अस्पतालमा १२० क्षमताको आइसोलेशन वार्ड स्थापना गरी कोरोना सङ्क्रमितको उपचार गरिँदै आएको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमणको जोखिम हुन नदिन सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  २ : ४७ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,