९ भदौ २०८३, मंगलबार | August 26, 2026

कोरेनाबाट मृत्यु भएकी महिलाका नवजात शिशुसहित ५ आफन्त आइसोलेसनमा



काठमाडौं । कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाका श्रीमानसहित पाँच जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएसँगै ती महिलासँग सम्पर्कमा आएका पाँच जनालाई आइसोलेसनमा राखिएकोे हो । नवजात शिशु, श्रीमान, उनकी आमा, बहिनी, भाइ गरी पाँच जनालाई शनिबार बेलुकादेखि आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले बताउनुभयो । उनीहरुको आइतबार बिहानै स्वाब संकलन गरिएको छ ।

गत बिहीबार २९ वर्षीयाको धुलिखेल अस्पतालमा मुत्यु भएको थियो । कोरोना संक्रमणको लक्षण देखिएपछि चेकजाँच गर्दा उनमा पोजटिभ पुष्टि भएको यिो ।

नवजात शिशु जम्मा १२ दिनको मात्र रहेका छन् । यसैले उनको विशेष ख्याल गरिएको प्रवक्ता ताम्राकारले बताउनुभयो ।

स्वाब संकलन गरिएका सबैको पीसीआर रिपोर्टको नतिजा सोमबार बिहानसम्ममा आउने बताइएको छ।

कोरोनाको कारण महिलाको मृत्यु भएपछि रोकिएको अस्पतालको सेवा भने आइतबार विहानदेखि सुचारु गरिएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  २ : ५७ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त