१५ आश्विन २०७९, शनिबार | October 1, 2022

धनुषामा हतियारसहित दुई पक्राउ



जनकपुर । धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह रहेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले विशेष सूचनाका आधारमा शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा हतियार फेला परेको बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक सापकोटाले पक्राउ पर्नेको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली तीन थान बरामद भएको बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई हतियार र मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ७ : ४७ बजे

बैंकको ब्याज महंगिएपछि व्यवसायी मर्कामा

पोखरा । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै

यस वर्षको दसैं हिले दसैं हुने, नवमी देखि द्वादशीसम्म वर्षाको सम्भावना

काठमाडौं । यस वर्षको दसैं हिले दसैं हुनसक्ने जल तथा

लमजुङमा पर्यटकको चहलपहल बढ्दो

लमजुङ । लमजुङका पर्यटकीय गाउँहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न

प्रकाश सपूत र सृष्टी खड्का अभिनित ‘केशरी’ सार्वजनिक

काठमाडौँ । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी’ सार्वजनिक भएको

नवरात्रको छैठौँ दिन : कात्यायनीको पूजा आराधना गरिँदै

काठमार्डां । आज नवरात्रको छैठौँ दिन, आज नवदुर्गा मध्येकी कात्यायनी