२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

कोरोना सङ्क्रमित गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन



सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सिल गरेको हो । एक महिने बालकसहित युवतीको परिवारको सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ । काठमाडौंको जडीबुटी चोकमा सङ्क्रमित युवतीको परिवार विगत केही वर्षदेखि फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएको र सङ्क्रमित युवती काठमाडौ.मै अध्ययनरत रहेको प्रजिअ जिसीले बताउनुभयो ।

सङ्क्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौं गएकी हुन् । “लकडाउन हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौंबाट गाउँमा आएकी थिइन ।” दुई वटा मोटरसाइकलमा उनी आफ्नो दुई भाइ बहिनीका साथ काठमाडौं गएकी बताइएको छ ।

दुईवटा मोटरसाइकलमा चार जना काठमाडौं गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुगेको हो । यसअघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ९ : ४३ बजे

लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको स्वस्थ्य शिशु प्रतियोगिता

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ्य शिशु

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको ‘घेवा’मा सहभागी

बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र

आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जरिवाना

काठमाडौं । आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको