५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना सङ्क्रमित गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन



सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सिल गरेको हो । एक महिने बालकसहित युवतीको परिवारको सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ । काठमाडौंको जडीबुटी चोकमा सङ्क्रमित युवतीको परिवार विगत केही वर्षदेखि फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएको र सङ्क्रमित युवती काठमाडौ.मै अध्ययनरत रहेको प्रजिअ जिसीले बताउनुभयो ।

सङ्क्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौं गएकी हुन् । “लकडाउन हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौंबाट गाउँमा आएकी थिइन ।” दुई वटा मोटरसाइकलमा उनी आफ्नो दुई भाइ बहिनीका साथ काठमाडौं गएकी बताइएको छ ।

दुईवटा मोटरसाइकलमा चार जना काठमाडौं गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुगेको हो । यसअघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ९ : ४३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता