२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

बांकेका संक्रमितले उपचार गर्ने अस्पताल पाएनन्, गांउकै स्वास्थ्य केन्द्रलाई आईसोलेसन बनाईदै



नेपालगञ्ज । बांकेको नरैनापुरमा एकै दिन ४७ जना संक्रमित पुष्टी भएपछि उनीहरुको उपचार गर्ने आईसोलेसन तयार नभएका कारण अहिले सम्म क्वारेन्टाईनमै राखिएको छ । प्रदेश सरकारले पुर्व तयारी पर्याप्त गरेको बताएपनि सरकारले तयार गरेको बांकेको खजुरा स्थित अस्पताल रुपन्देहीको कोरोना बिशेष अस्पताल भरिभराउ भई सकेको छ भने दाङ र रुपन्देहीको भिम अस्पतालमा पनि स्थान अभाव हुने अवस्था देखिएको छ । नरैनापुरमा आज पुष्टी भएका संक्रमितहरुलाई नरैनापुर गाउँपालिकाको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई नै आइसोलेसन अस्पतालमा विकास गरेर उनीहरुको उपचार गरिने भएको छ ।

सोमबार एकैदिन नरैनापुर क्षेत्रका ४७ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई राख्नका लागि आइसोलेसन बनाउन लागिएको हो ।

तत्कालका लागि स्थानीय प्राथमिक केन्द्रलाई नै आईसोलेसन अस्पताल बनाउने र उपचार गर्ने तयारी गरिएको बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनु भयो । आइसोलेसन अस्पताल तयार गर्न तुरुन्त साधन र श्रोत जुटाउन असम्भव भएपछि नेपालगन्जका निजि अस्पतालहरुबाट आवश्यक सामाग्रीको ब्यवस्थापन गरिएको सहायक प्रजिअ प्याकुरेलले बताउनु भयो । निजी अस्पतालहरुले आफुसंग भएकोबाट आधा बेड तथा उपकरण उपलब्ध गराउने सहमती दिएको प्याकुरेलले जानकारी दिनुभयो ।

आइसोलेसन कक्ष व्यवस्थापनका लागि भेरी अस्पतालका चिकित्सक टोली, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टिम नरैनापुर पुगिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : ४१ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्