२ बैशाख २०८३, बुधबार | April 15, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख २० हजार १ यस ३४ पुग्यो



काठमाडौ । साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २० हजार १ यस ३४ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४८ लाख ९१ हजार ३ सय ३० जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ लाख ७ हजार ४ सय २२ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ३ हजार ३१८ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।

२६ लाख ६२ हजार ९०७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७५४ जनाको अवस्था गम्भीर छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६३ हजार ६१९ जनाको मृत्यु भएको छ ।

१७ लाख ९७ हजार ५२८ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ६०२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४ हजार ७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १० हजार ४० पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार १११ जनाको मृत्यु भएको छ । ८ लाख १८ हजार ९४७ जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ५४ जनाको मृत्यु भएको छ । ४ लाख ५९ हजार ९७२ जना संक्रमित भएका छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ८४९ जनाको ज्यान गएको छ भने ९० हजार ७४ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२० जनाको मृत्यु भएको छ । ८ हजार ६६३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९१ हजार ९१५ जनाको मृत्यु भएको छ । १५ लाख ४९ हजार ३३४ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ९० हजार ६७८ जना संक्रमित भएका छन् भने २ हजार ७२२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ८ : ४१ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले