१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

‘अम्फुन’ समुन्द्री आँधीको प्रभाव सुरु, अधिकांश क्षेत्रमा बर्षाको सम्भावना



काठमाडौ । अहिले देशभर स्थानीय वायुको प्रभाव रहेको छ भने दक्षिण बंगालको खाडीको मध्य भागमा उत्पन्न शक्तिशाली समुन्द्री आँधी ‘अम्फुन’ को प्रभाव सुरु भैसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राती देशको पूर्व, मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य तथा पूर्वी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ८ : ४५ बजे

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’