४ पुस २०८२, शुक्रबार | December 20, 2025

उच्चस्तरीय समन्वय समिति बैठक बस्दै, स्वदेश फर्किन चाहने नागरिकबारे छलफल गर्ने



काठमाडौं । कोरोना भाइरको महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली र लकडाउनको मोडाटिलीबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।

सरकारले विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिक स्वदेश फर्किन चाहे ल्याउने गरी तयारी थालेको थियो ।

वैदेशिक रोजगारीको क्रममा विदेश गएका एवं विद्यार्थीहरुलाई स्वदेश फिर्ता कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेको सरकारले त्यसैका आधारमा समितिमा छलफल गर्न लागेको हो ।

मंगलबार बस्ने कोरोना महामारी नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले निर्णय गर्नसक्ने समितिका एक सदस्यले बताए । बैठकमा भारत र तेस्रो मुलुकबाट नेपाल आउन चाहनेहरुलाई कसरी ल्याउने, कति संख्यामा ल्याउने, कसरी राख्ने भन्ने बारेमा छलफल हुनेछ ।

विदेशमा अलपत्र नागरिकका विषयमा संसदमा पनि कुरा उठेको थियो । संसदमा मंगलबारै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिँदैहुनुहुन्छ ।

यस्तै, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेपछि उच्चस्तरीय समितिले यसको मोडालिटीबारे समेत छलफल गर्ने बुझिएको छ ।

सरकारका प्रवक्ता अर्थ तथा संचार एवं सूचनामन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार लकडाउनलाई प्रभावकारी र सहज कसरी बनाउन सकिन्छ भन्ने बारेमा समितिमा छलफल हुने बताउनुभएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १० : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको