११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

झापा र सुनसरीमा ११ संक्रमित थपिए



काठमाडौं । झापा र सुनसरीमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगगलबार र झापामा ९ जनामा र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक धु्रव सुवेदीले जानकारी दिनुभएको छ ।

कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप ९ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । झापाका ९ जनाको संक्रमणलाई कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले पनि पुष्टि गर्नुभएको छ ।

झापाका ९ संक्रमित झापाको केचनकवल गाउँपालिकाका हुन् । यस्तै, सुनसरीका संक्रमित इटहरी नयरपालिकाका रहेका छन् । सुनसरीका एक जना संक्रमित सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको बताइएको छ।

योस‌ँगै प्रदेश १ मा कूल संक्रमितको संख्या ५४ पुगेको छ भने झापामा मात्रै १२ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १२ : २२ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि