२ असार २०८३, मंगलबार | June 16, 2026

राष्ट्रियताको पक्षमा सरकारबाट ऐतिहासिक काम भएको छ : दीनानाथ शर्मा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले राष्ट्रियताको सवालमा वर्तमान सरकारले ऐतिहासिक काम गरेको दाबी गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै नेता शर्माले सरकारले नेपालको पूर्ण नक्शालाई पारित गरेर ऐतिहासिक काम गरेको बताउनुभयो । शर्माले भारतले अतिक्रमण गरेको नेपालको भूभाग फिर्ता गराएरै छाड्ने दाबी पनि गर्नुभयो ।

‘सरकारले एक कण माटो छोड्दा पनि छोड्दैन । त्यसलाई फिर्ता गरेरै छोड्छ,’ शर्माले भन्नुभयो, ‘हामी कसैले एक टुक्रा जमिन वा एक इन्च माटो अथवा एक मुठी माटोको आशा पनि गर्दैनौं ।’

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा मन्त्रिपरिषदबाट सोमबार मात्रै पारित गरेको थियो ।

नीति तथा कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गर्ने प्रतिवद्धता आएको त्यसै अनुसार सरकारले कार्यान्वयन गरेको उहाँले जिकिर गर्नुभयो ।

नेकपा नेता शर्माले नीति तथा कार्यक्रममाथि हालेको संशोधन प्रस्ताव फिर्ता लिन विपक्षी कांग्रेसलाई आग्रह पनि गर्नुभयो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १२ : ३७ बजे

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत