४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोनाबाट मृत्यु हुन नदिने सरकारको प्रयास असफल : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट भित्रिएको कोरोना संक्रमितका कारण नेपालमा संकट बढ्दै गएको बताउनुभएको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरसको संक्रमण देखिएको बताउनुभयो ।

ओलीले कोही पनि नेपालीको मृत्यु हुन नदिने सरकारको प्रयास पुरा असफल भएको स्वीकार गर्नुभयो ।

ओलीले नेपाल कोरोनाको महामारीमा प्रवेश गरेको उल्लेख गर्दै दुई जनाको ज्यान गएकोमा दुःख समेत व्यक्त गर्नुभयो ।

उहाँले मृतकमा डब्ल्युएचओको मापदण्ड अनुसारको लक्षण देखिएकाले कोरोना नै मुख्य कारण भएको जिकिर गर्नुभयो ।

ओलीले वुहान, इटली, दुवईबाट आएको भाइरस भन्दा भारतबाट भित्रिएको भाइरस फरक र कडा खालको भएको दाबी गर्नुभयो ।

भारतबाट आएका धेरैमा संक्रमण देखिएको भन्दै ओलीले आएकाहरु लुकेर बस्दा झन समस्या भएको जिकिर गर्नुभयो ।

उभिएर बोल्दा प्रधानमन्त्रीलाई गा-हो
सम्बोधनकै क्रममा प्रधानमन्त्रीलाई उभिन अप्ठेरो भएपछि रोष्टममा कुर्चीमा बसेर बोल्ने व्यवस्था मिलाइएको छ ।

आफुलाई उभिँदा गा-हो भएकाले बस्न मिल्ने व्यवस्था गरिदिन ओलीले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्नुभएको थियो । त्यसपछि बस्ने व्यवस्था मिलाइएको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १२ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको