२ असार २०८३, मंगलबार | June 16, 2026

कोरोनाबाट मृत्यु हुन नदिने सरकारको प्रयास असफल : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट भित्रिएको कोरोना संक्रमितका कारण नेपालमा संकट बढ्दै गएको बताउनुभएको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरसको संक्रमण देखिएको बताउनुभयो ।

ओलीले कोही पनि नेपालीको मृत्यु हुन नदिने सरकारको प्रयास पुरा असफल भएको स्वीकार गर्नुभयो ।

ओलीले नेपाल कोरोनाको महामारीमा प्रवेश गरेको उल्लेख गर्दै दुई जनाको ज्यान गएकोमा दुःख समेत व्यक्त गर्नुभयो ।

उहाँले मृतकमा डब्ल्युएचओको मापदण्ड अनुसारको लक्षण देखिएकाले कोरोना नै मुख्य कारण भएको जिकिर गर्नुभयो ।

ओलीले वुहान, इटली, दुवईबाट आएको भाइरस भन्दा भारतबाट भित्रिएको भाइरस फरक र कडा खालको भएको दाबी गर्नुभयो ।

भारतबाट आएका धेरैमा संक्रमण देखिएको भन्दै ओलीले आएकाहरु लुकेर बस्दा झन समस्या भएको जिकिर गर्नुभयो ।

उभिएर बोल्दा प्रधानमन्त्रीलाई गा-हो
सम्बोधनकै क्रममा प्रधानमन्त्रीलाई उभिन अप्ठेरो भएपछि रोष्टममा कुर्चीमा बसेर बोल्ने व्यवस्था मिलाइएको छ ।

आफुलाई उभिँदा गा-हो भएकाले बस्न मिल्ने व्यवस्था गरिदिन ओलीले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्नुभएको थियो । त्यसपछि बस्ने व्यवस्था मिलाइएको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १२ : ४८ बजे

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत