२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

भारतको हैकमवादी नीतिप्रति प्रधानमन्त्री ओलीको कडा प्रहार : ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सधैंभर जप्दै आएको सत्यमेव जयतेको सम्मान हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतसामू लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको पक्षमा लाग्ने कि जवरजस्तीको पक्षमा लाग्ने भन्ने निक्र्यौल गर्ने समय आएको बताउनुभएको हो ।

नेपाली भूमि फिर्ता गर्ने विषयमा भारतको निशान छापमा रहेको सत्यमेव जयतेलाई स्मरण गर्दै प्रश्न गर्नुभयो, सत्यमेव जयते कि सिंहमेव जयते ? भारतको पछिल्लो क्रियाकलापले भारत सत्यको पक्षमा नभै जवरजस्तीको पक्षमा रहेको देखिएको उहाँले आंकलन गर्नुभयो ।

लिम्पियाधुरा लिपुलेक कालापनी नेपालको भएको र त्यसलाई फिर्ता ल्याइछाड्ने सरकारको प्रतिवद्धता उहाँले दोहोर्याउनुभयो । भूमि फिर्ता सजिलो छैन भन्ने देखिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतको एउटा प्रतिक चिन्ह छ भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह । त्यसको मुनी सत्यमेव जयदेव लेखेको छ । म सोध्ने वाला सत्यमेव जयते कि सिंहमेव जयते ?’

नेपाल सत्यमा विश्वास गर्नेभएका कारण भूमि फिर्ता गर्न सकिन्छ भन्ने विश्वास रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  २ : ५५ बजे

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र

मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा प्रचण्डको धन्यवाद, जनताको निर्णय सम्मान गर्न आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

बधाई प्रधानमन्त्री सुशीला कार्की

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको लोकतान्त्रिक यात्रामा अर्को