७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाकिस्तानमा कोरोनाभाइरसबाट ४३ हजार ९६६सङ्क्रमित



पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४३ हजार ९६६ पुगेको मङ्गलबार पाकिस्तानी अधिकारीले बताएका छन् ।

विगत २४ घण्टामा पाकिस्तानमा एक हजार ८४१ व्यक्ति सङ्क्रमित भएका छन् । सङेक्रमितमध्ये ९३९ व्यक्तिको अहिलेसम्म मृत्यु भएको छ भने ३६ सङ्क्रमितको विगत २४ घण्टामा मृत्यु भएको हो ।

पाकिस्तानी समाचार संस्था जिओ न्यूजका अनुसार पाकिस्तानको सबैभन्दा बढी प्रभावित सिन्ध राज्यमा १७ हजार २४१ व्यक्ति सङ्क्रमित रहेका छन् ।

त्यसैगरी पञ्जावमा १५ हजार ९७६, ख्यबर पाकतुङ्ख्वामा छ हजार २३०, बालोचिस्तानमा दुई हजार ८२० गिलगित बाल्टिस्तानमा ५५०, इस्लामावादमा एक हजार ३४ र पाकिस्तान प्रशासित काश्मिरमा ११५ जना सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितमध्ये १२ हजार ८८९ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ६ : १० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई