१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चीनसँग व्यापार युद्ध गर्ने चाहना छैन : अस्ट्रेलिया



अस्ट्रेलियाका व्यापार मन्त्री साइमन बर्मिङघमले चीनसँग अस्ट्रेलियाले व्यापार युद्ध गर्न नचाहेको स्पष्ट गर्नु भएको छ । उहाँले बेइजिङले कोरोनाभाइरसको अनुसन्धानका नाममा अस्ट्रेलियाली जौको आयातमा करवृद्धि गरेकामा आपत्ति जनाउनुभयो ।

विश्व व्यापार संगठनका नियम समेतलाई बेवास्ता गर्दै चीनले अस्ट्रेलियाली जौमा ८० प्रतिशतभन्दा बढी करवृद्धि गरेको अस्ट्रेलियाको आरोप छ । करवृद्धि गरेसँगै अस्ट्रेलियाली जौको चीन निर्यात लगभग ठप्प भएको छ ।

चीनले अस्ट्रेलिया सरकारले जौको उत्पादनमा किसानलाई ठूलो मात्रामा अनुदान दिएको आरोप लगाएको छ । उत्पादन लागतभन्दा न्यून मूल्यमा अस्ट्रेलियाली जौ चिनियाँ बजारमा बिक्री हुने गरेको चीनले बताएको छ ।

चीनले गतसाता मात्र अस्ट्रेलियाका चार ठूला उद्योगबाट गाईको मासुको आयात रोकेको थियो ।

व्यापार मन्त्री बर्मिङघमले भन्नुभयो, “हामी चीनसँग व्यापार युद्ध गर्न चाहन्नौं । हामी प्रतिशोधको नीति अबलम्बन गर्ने पक्षमा छैनौं । हामी व्यापार नियमलाई अनुशरण गर्न प्रतिबद्ध छौं ।”

मन्त्री बर्मिङघमले चीनले विश्व व्यापार संगठनका नियमहरुको प्रयोग गर्दा तथ्य र कानुन दुबैमा गल्ती गरिरहेको बताउनुभयो । उहाँले अस्ट्रेलियाले स्वीकृत नियम विपरीत सामान भण्डार नगरेको पनि स्पष्ट गर्नु भयो ।

कोरोनाभाइरसको महामारीको उत्पत्तिका बारेमा अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय छानबिन गर्नुपर्ने भनाई सार्वजनिक गरेसँगै दुबै देशबीच व्यापार सम्बन्धमा तनाबको स्थिति उत्पन्न भएको छ । चीनले भने दुबैबीच सम्बन्ध नरहेको जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले कोविड–१९ नियन्त्रणमा भइरहेको विश्वव्यापी पहलमाथि विस्तृत मूल्याँकन गर्न चीन तयार रहेको बताउनुभएको छ । उहाँले यस्तो मूल्याँकनका लागि विश्व स्वास्थ्य संगठनको अग्रसरतामा वैज्ञानिक र व्यावसायिक दृष्टिकोण अपनाउन आह्वान गर्नु भएको छ ।

अस्ट्रेलियास्थित चिनियाँ दूतावासले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी विश्व स्वास्थ्य संगठनको प्रस्तावमा अन्तर्राष्ट्रिय छानबिनको कुरा नआएको सन्दर्भमा अस्ट्रेलिया सरकारले माग गर्नुको कुनै अर्थ नरहने स्पष्ट गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ६ : १३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान