५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ८ सय ८९ पुग्यो



काठमाडौं, ७ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड-१९) का कारण ३ लाख २४ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४९ लाख ८५ हजार ६ सय ५६ पुगेको छ । वल्र्डमिटरले बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १५ लाख ७० हजार ८ सय ८३ मा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, रुसमा २ लाख ९९ हजार ९ सय ४१, ब्राजिलमा २ लाख ७१ हजार ६ सय २८, बेलायतमा २ लाख ५० हजार १ सय ३८, स्पेनमा २ लाख ३२ हजार ३७, इटालीमा २ लाख २६ हजार ६ सय ९९ लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा सबभन्दा बढी मृत्यु भएको छ । त्यहाँ ९१ हजार ८ सय ४५ को मृत्यु भइसकेको छ । त्यस्तै, बेलायतमा ३५ हजार ४ सय २२, इटालीमा ३२ हजार १ सय ६९, फ्रान्समा २८ हजार २५, स्पेनमा २७ हजार ७ सय ७८, ब्राजिलमा १७ हजार ९ सय ७१, बेल्जियममा ९ हजार १ सय ८ को मृत्यु भइसकेको छ । त्यस्तै, विश्वभर १६ लाख ८६ हजार ४ सय ४८ कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका भएका छन ।

अमेरिकामा सर्वाधिक २ लाख ८९ हजार ३ सय ९२, जर्मनीमा १ लाख ५५ हजार ६ सय ८१, इटालीमा १ लाख २९ हजार ४ सय १, टर्कीमा १ लाख १२ हजार ८ सय ९५ अहिले संक्रमणमुक्त भएका छन ।

नेपालमा ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार ललितपुर र सिन्धुलीमा पनि संक्रमण पुष्टि भएसँगै नेपालका ३६ जिल्लामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । त्यस्तै, ३७ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ६ : ५४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता