१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

दैलेखका संक्रमितको ट्राभल हिस्ट्री : ४५ दिन गड्डाचौकी क्वारेन्टाइनमा बसेका थिए



दैलेख । कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय युवा भारतको उत्तर प्रदेशस्थित आगराबाट आएको खुलेको छ ।

भारतमा कोरोना भाइरसको सङ्क्रमणको हल्ला भएपछि उनीलगायत ३९ जनाको टोली हिँडेर कन्चनपुर जिल्लाको गड्डाचौकी नाकामा आइपुगेका थिए । भारत र नेपालले लकडाउनसँगै नाका बन्द गराएपछि ४५ दिन गड्डाचौकी नाकामा भारतले निर्माण गरेको क्वारेन्टाइनमा बसेका थिए । १४ जना वनबासा नजिकको शारदा इन्टरकलेजमा र बाँकी २५ जना टनकपुरस्थित एमडि स्कुलमा क्वारेन्टाइनमा समय बिताएका थिए ।

दैलेखका ३९ जनाले आफूहरू समस्यामा परेको खबर सामाजिक सञ्जालमा राख्दै उद्धार गर्न माग गरेपछि उनीहरूलाई स्थानीय सकारले जेठ १ गते गड्डाचौकी नाकाबाट दैलेखको आठबिस नगरपालिका वडा १ मा ल्याएको थियो । स्थानीय सरकारले उद्धार गरी ल्याएर नगरपालिकाका वडा १ ले उनीहरू लक्ष्मी माध्यामिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा बसेका थिए ।

स्वास्थ्य सेवा कार्यालय, दैलेखबाट पिसिआर परीक्षणका लागि गएको टोलीले गत शनिबार स्वाब सङ्कलन गरेर ल्याएको थियो । त्यहाँबाट ल्याएको स्वाब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि थप नमुना परीक्षणका लागि युवाको स्वाब सङ्कलन गरी नमूना नेपालगन्ज पठाइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

आठबिस नगरपालिकाका नगरप्रमुख खड्कराज उपाध्यायका अनुसार सीमापारि भारतको वनबासामा अलपत्र परेका नागरिकको उद्धारका क्रममा नगरपालिकाले चैत्र ३१ गते सङ्क्रमित युवासँगै ४९ जनालाई उद्धार गरेको थियो । स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत तथा कोरोना सूचना आधिकारी थिरप्रशाद रेग्मीका अनुसार सङ्क्रमितलाई उपचार गर्न स्वास्थ्य सेवा कार्यालय, दैलेखमा ल्याउने तयारी भैरहेको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बसेको बैठकले उनको उपचार जिल्ला अस्पतालमा गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी कट्टेलका अनुसार उनलाई जिल्ला अस्पतालसम्म ल्याउनका लागि एम्बुलेन्स पठाईएको छ । ‘उनको पहिलो चरणको उपचार यतै हुन्छ प्रमुख जिल्ला अधिकारी कट्टेलले भने थप उपचारको लागि प्रदेश सँगको सहकार्य अनुसार काम गर्छौँ ।

सङ्क्रमित युवासँगै शनिबार स्वाब सङ्कलन गरिएका ३९ जनामध्ये ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सँगै बसेकामध्ये कोरोना सङ्क्रमण देखिएका युवाले स्वाब सङ्कलन गरिसकेपछि पनि उनीहरुसँगै बस्ने, खाने र देउडा समेत खेलेका कारण पुनः सबैको पिसिआर परीक्षण गर्न स्थानीयले माग गरेका छन् ।

२४ घण्टा सङ्क्रमित युवा क्वारेन्टाइनमै
कोरोना सङ्क्रमण पुष्टि भएको खबर प्राप्त हुनेबित्तिकै प्रशासनले तत्काल उद्दार गरेर उपचार गर्ने व्यवस्था गर्नुपर्ने भए पनि कोरोना सङ्क्रमण पुष्टि भएको २४ घण्टासम्म सङ्क्रमित युवासँग ३८ जना सँगै बसेका छन् ।

गाउँपालिका सिल
आठबिस नगरपालिका– १ सात्तलामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै उक्त वडालाई सिल गरिएको छ । नगरपालिका पुरै सिल गर्ने विषयमा छलफल भईरहेको छ । नगर प्रमुखका अनुुसार उक्त वडालाई सोमबारदेखि सिल गरिएको छ । एक टोलबाट अर्को टोलसम्म समेत आवतजावतमा रोक लगाइएको छ ।

कुन पालिकाका कति ?
कर्णाली प्रदेशको दैलेखमा कोरोना सङ्क्रमित युवासँग आएका विभिन्न पालिकाका स्थानीयहरूको समेत खोजी सुरु गरिएको छ । आठबिस नगरपालिकाका ३९ जना, ठाटिकाँध गाउँपालिकाका ८ जना, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका एकजना, दुल्लु नगरपालिकाका एक जना गरी ३९ जना आएको बताइएको छ । (गोरखापत्र)

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ७ : ३८ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा