१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको भेट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले भेट गरेका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्रीले सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।

उक्त भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको भारतको औपचारिक भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुकबीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिए। साथै, उनले दुई देशबीच विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको उल्लेख गरे ।

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल तथा भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो । उनीहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल गरेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ७ : ३८ बजे

विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भारतीय

शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी

काठमाडौँ । सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा

एजेन्सी । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट