१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कोरोना भाइरसविरुद्ध रणनीतिक नेतृत्व गर्ने डब्ल्यूएचओ प्रमुखको प्रतिवद्धता



विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसले कोरोना भाइरसविरुद्ध विश्वले उठाएको कदममा तालमेल मिलाउन रणनीतिक नेतृत्व गरिरहने प्रतिवद्धता जनाएका छन् ।

विश्व स्वास्थ्य सम्मेलनको समापन समारोहमा बोल्दै टेड्रोसले युरोपेली युनियनको प्रस्तावको स्वागत गर्दै आफुहरु अझ बढी जवाफदेही बन्ने बताएका हुन् । यसका लागि रणनीतिक नेतृत्व गर्न डब्ल्यूएचओ तयार रहेको उनको भनाइ छ ।

युरोपेली युनियनको प्रस्तावमा कोरोना महामारीको विषयमा विश्वभरबाट व्यक्त प्रतिक्रियाको समीक्षा गर्ने उल्लेख गरिएको छ । प्रस्तावमा कोरोना भाइरसलाई लिएर डब्लुएचओको मात्र नभै युरोपेली युनियनको भूमिका समेत व्यापक समीक्षाको कुरा छ ।

कोरोना महामारीबाट जोगिन विश्व स्वास्थ्य संगठनले चालेका कदमको विषयलाई लिएर अमेरिका र उसँग नजिक केही राष्ट्रले संगठनका प्रमुख टेड्रोसको आलोचना गरिरहेका छन् । अमेरिकाले डब्लुएचओलाई चीनको समर्थन गरेको आरोप लगाउँदै आएको छ ।

कोरोना भाइरसबाट चीनमा मात्र मानिस मरुन्जेल चीन र डब्लुएचओको प्रशंशा गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा संक्रमण बढ्न थालेपछि दुवैको आलोचना सुरु गरेका थिए ।

अहिले राष्ट्रपति ट्रम्पले आफ्नो निर्देशनअनुसार नचले डब्लुएचओलाई दिँदै आएको सबै अनुदान सधैंका लागि बन्द गर्ने र अमेरिका संगठनबाट बाहिरिने चेतावनी दिँदै ३० दिनमा सुध्रिन समय दिएका छन् ।

चीन र रुसले भने अमेरिकाको पछिल्लो कदमले डब्लुएचओलाई भंग गर्न खोजेको आरोप लगाएका छ्न ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ८ : ०३ बजे

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ