४ पुस २०८२, शुक्रबार | December 20, 2025

रसियाको राजधानी मस्को नजिक हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु



एजेन्सी । रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ ।

आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै जनाको मृत्यु भएको पुष्टि गरेका छन् । प्रवक्ताले हेलिकप्टरका ब्ल्याकबक्स भेटिएको बताएका छन् ।

मस्कोको बाहिरी क्षेत्रमा पर्ने क्लिन शहरबाट करिब २० किलोमिटर टाढा तालिमका क्रममा हेलिकप्टर मंगलबार दुर्घटनाग्रस्त भएको थियो । रसियाली रक्षा मन्त्रालयले हेलिकप्टरमा विस्फोटक पदार्थ नरहेको जनाएको छ ।

प्रारम्भिक विवरणमा उक्त दुर्घटना प्राविधिक कारणबाट भएको जनाइएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  १ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको