१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

लिम्पियाधुरा–कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्शा सार्वजनिक



काठमाडौं । सरकारले नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गर्नुभएको हो ।

नयाँ नक्शाले भारतले अतिक्रमण गरेको नेपालको पश्चिमी सीमामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेको छ ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

अब यही नक्शा नै नेपालको आधारिक नक्शा हुनेछ । संविधानको अनुसूचि ३ मा रहेको नक्शालाई परिवर्तन गर्न संविधान संशोधनको प्रक्रिया समेत सरकारले छिटै नै अघि बढाउन लागेको छ ।

मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिवद्धता जनाउनुभएको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्शालाई मन्त्रिपरिषद्ले सोमबार पारित गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  २ : ५० बजे

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज

समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र

उमा भुजेल नेतृत्वको नेकपा नेपाली कम्युनिष्ट पार्टीमा समाहित

काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेतृत्वको

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

नेपालगन्ज । भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल

कार्यभार सम्हाल्न नेपाल आइपुगे भारतका नवनियुक्त राजदूत दलेला

काठमाडौं । भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाडौं