२१ भदौ २०८३, आइतबार | September 6, 2026

लकडाउनका कारण पार्कका जनावरहरु भोकै, श्रोत नजुटे जनावर शहर छाडिदिने समितीको चेतावनी



बुटवल । अन्तराष्ट्रिय रुपमा चर्चित जीतगढी किल्लासंग जोडिएको मणीमुकुन्द सेन् फुलबारी पार्क लकडाउनका कारण संकटग्रस्त अवस्थामा पुगेको छ । नेपाल कै प्रमुख पार्कहरुमा पर्ने फुलबारी पार्क तथा मिनी चिडीयाखाना बिगत २ महिनादेखि लकडाउनका कारण बन्द भएपछि पार्कको अवस्था संकटग्रस्त भएको हो ।

वर्षभरी पार्कको खर्च चलाउन माघ, फागुन र चैत्रको आम्दानीको भर पर्नुपर्ने पार्कमा चैत्र महिनादेखि नै बन्द भएपछि दैनिक गतिबिधि संचालन गर्न पनि बाधा पुगेको पार्क ब्यवस्थापन समितीले जनाएको छ । हरेक महिना ७ देखि ९ लाख खर्च हुने गरेको पार्कमा नियमित आम्दानी शुन्य भएपछि पार्कमा राखिएका जनावरहरुको बिजोग हुने भएको छ । जनावरहरुलाई दिने दानापानीको जोहो गर्ने अवस्था नरहे पार्कमा भएको जनावरको ढोका खोलिदिनुको बिकल्प नरहने ब्यवस्थापन समितीका अध्यक्ष खेम प्रसाद लुंईटेल चेतावनी दिन्छन् ।

पार्कमा २ सय १४ बढी जङ्गली जनावर तथा पंछिहरु राखिएकाछन् । चितुवाको जोडी, भालु, निलगाई, स्याल, रजहांस, बादर, अजिंङ्गर लगायत अन्य सहित बिभिन्न प्रजातीका पंछीहरु पार्कमा रहेकाछन् । कम्युनिष्ट पार्टीको रजत स्तम्भ देखि मदन आश्रित स्मृर्ति उद्यान देखि रक गार्डेन सम्मको ब्यवस्थापन पार्कमा गरिएको छ । पार्कमा ऐतिहासिक मणिमुकुन्द सेन राजाको दरबारको भौतिक पुर्वाधारका लागि स्थानीय तहबाट कहिलेकाहिं बजेट बिनियोजन हुने भएपनि स्थायीरुपमा दैनिक संचालनका लागि स्थानीयतहबाट बजेट बिनियोजन नहुंदा पार्कको एउटै मात्र श्रोत दैनीक अवलोकन गर्न आउनेहरुबाट हुने आय मै सिमित रहेको छ ।

लकडाउनका कारण ज्यालादारी र स्थायी सहित ३० बढी कर्मचारीलाई तलव दिने र दैनिक जनावर र पंछिहरुको दानापानी दिने श्रोत बन्द भएको अध्यक्ष लुंईटेल बताउंछन् ।

पार्कले बार्षिक ८ लाख बढी पर्यटन प्रवर्धन शुल्क स्थानीय बुटवल उपमहानगरपालिकालाई तिर्दै आएको छ । उप महानगरकै समित्वमा रहेको मणीमुकुन्द सेन पार्कको अवस्था दयनिय भएपनि अहिले सम्म प्रदेश, स्थानीय कुनै पनि सरकारले दिर्घकालिन योजना बनाउन सकेको छैन । संस्थाको खातामा बढीमा २ महिना भन्दा बढी खर्च धान्न नसक्ने कोष बांकी रहेको र वर्षलागेसंगै पार्कको आम्दानी नहुने भएकाले मिनी चिडियाखाना सहितको पार्क संचालन गर्न सकिने अवस्था नरहेको समितीको निश्कर्ष छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  २ : ५७ बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७