७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

खुला सिमाका कारण दैनिक हजारौं मानिस भित्रिँदा क्वारेन्टाइनमा समस्या



काठमाडौं । खुला सीमानाका कारण भारतबाट दिनदिनै हजारौँ नागरिक नेपाल भित्रिँदा क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको छ ।
नेपालमा कोरोना संक्रमणको जोमिख बढिरहेका बेला खुला सीमानाका कारण भारतबाट हजारौँ मानिस नेपाल भित्रिदा व्यवस्थापनमा समस्या देखिएको हो ।

स्थानीय तहहरुले निश्चित क्वारेन्टाइन व्यवस्थापन गरेपनि ठूलो संख्यामा नेपाली भित्रिने क्रम नरोकिएपछि व्यवस्थापनमा समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताउनुभयो ।

नेपालमा रहेका भारतीय नागरिकलाई नेपालमै र भारतमा रहेका नेपाली नागरिकलाई भारतीय क्वारेन्टाइनमै व्यवस्थापन गर्ने समझदारी बनेपनि त्यसो हुन नसक्दा चुनौती थपिएको उहाँले बताउनुभयो ।

शहरी विकास मन्त्रालयमा क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन मापदण्डका विषयमा भएको छलफलमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले होटल तथा रिसोर्टहरुलाई क्वारेन्टाइनका रुपमा व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्रीलाई वैशाख ७ गते नै उक्त सुझाव बुझाइएको उल्लेख गर्दै उहाँले विदेशबाट आउने नागरिकहरुको उचित व्यवस्थापन गर्न होटलहरुलाई क्वारेन्टाइनका रुपमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । खालि रहेका होटलहरुलाई निश्चित रकम तिरेर भएपनि जीवनरक्षाका लागि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

गृहमन्त्रालयका उपसचिव गोमादेवी चेमजोङले होटल तथा लजहरुलाई पहिलो प्राथमिकतामा राखेर क्वारेन्टाइन निर्माण गर्नुपर्ने बताउनुभयो । होस्टेल, सामुदायिक भवन र तालिम केन्द्रहरुलाई पनि क्वारेन्टाइनका रुपमा विकास गर्न सके सहज हुने उहाँले बताउनुभयो ।

निश्चित रकम तिरेर भएपनि क्वारेन्टाइनमा बस्छु भन्ने र पैसा तिर्न नसक्ने सम्भावित संक्रमितहरुलाई वर्गिकरण गरेर अगाडी बढ्नुपर्ने सुझाव उहाँले दिनुभयो । अवस्था भयावह भए क्वारेन्टाइन निर्माणका लागि खुला मैदानको पहिचान री अन्तरमन्त्रालय समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले धेरै ठाउँमा खानेपानीको समस्या रहेको बताउनुभयो । उपत्यका बाहिरका अधिकांश क्वारेन्टाइनहरुमा सञ्चार सुविका व्यवस्थापन नहुदा मान्छेहरु डराउने, एक्लोपन महसुस गर्ने समस्या देखिएको र भाग्ने गरेका घटना देखिने गरेको उहाँले बताउनुभयो । उहाँले बजेट व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि पनि आग्रह गर्नुभयो ।

विदेशबाट आउन चाहाने नागरिकहरुको तथ्याङ्क परराष्ट्र मन्त्रालयले तयार गर्नुपर्ने सुझाव पनि बैठकमा सहभागिहरुले दिएका छन् । स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्रका व्यक्तिहरुको तथ्याङ्क एकिन गरेर क्वारेन्टाइनलाई व्यवस्थापन गर्नुपर्ने सुझाव सहभागिहरुको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ६ : १९ बजे

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११