४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाकिस्तानको यात्रुवाहक विमान दुर्घटना



काठमाण्डौ । पाकिस्तानमा यात्रुबाहक बिमान दुर्घटना भएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स [पीआईए] को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको हो ।

पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको जानकारी दिएको । द डन न्युज टिभीका अनुसार विमान लाहोरबाट कराँची आइरहेको समाचारमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिए लगत्तै यो दुर्घटना भएको हो ।सामाजिक सञ्जालमा दुर्घटनास्थलबाट बाक्लो धुँवाको मुस्लो निस्किरहेको देख्न सकिन्छ ।

यसअघि, सन् २०१६ मा पाआईए कै विमान उत्तरी पाकिस्तानबाट इस्लामावादसम्मको उडान भर्ने क्रममा आगलागी भएर ४७ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ४ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको