२८ मंसिर २०८१, शुक्रबार | December 13, 2024

चीनले यस वर्षको वार्षिक आर्थिक वृद्धिदर नतोक्ने, रक्षा बजेट ६.६ प्रतिशतले वृद्धि



चीनले सन् १९९० पछि पहिलो पटक आफ्नो वार्षिक आर्थिक वृद्धिदर घोषणा स्थगित गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण ३० वर्षयता पहिलोपटक चीन आर्थिक वृद्धिदर तोक्न नसक्ने अवस्थामा पुगेको हो ।

चीनको राजधानी बेइजिङस्थित ग्रेटहल अफ दी पिपुलमा जारी चिनिया नेशनल पिपुल्स कंग्रेसको बैठकमा प्रधानमन्त्री लि खक्याङले आर्थिक वृद्धिदर नतोकिने घोषणा गरेका हुन् ।

‘यो किनभने कोरोनाभाइरस महामारी र विश्व अर्थतन्त्र र व्यापारको वातावरणले ठूलै अनिश्चितता हुने हुँदा हाम्रो देशले केही त्यस्ता कुराहरुको सामना गर्नेछ, जसले विकासबारे भविष्यवाणी गर्न कठिन छ’, प्रधानमन्त्री लीले संसदलाई सम्बोधन गर्दै भनेका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको सन् २०२० को पहिलो त्रैमासिक गतवर्षको तुलतामा ६.८ प्रतिशतले संकुचित भएको छ ।
महामारीपछि लगाइएको लकडाउनले व्यवसाय चौपट पारिरहँदा चीनले यस्तो निर्णय गरेको हो।

चिनियाँ नेतृत्वले आर्थिक सहायताका कदमहरु चाल्ने प्रतिबद्धता जनाउँदै आएको छ।

तर, चीनले सन् २०२० मा सैन्य बजेटमा भने ६.६ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । राष्ट्रिय पिपुल्स कङ्ग्रेसमा प्रस्तुत यो बजेट वृद्धिदर विगतको तुलनामा केही कम हो ।

संयुक्तराज्य अमेरिकापछि दोस्रो बढी सैन्य बजेट रहेको चीनले यस वर्षका लागि १ खर्ब ७८ अर्ब अमेरिकी डलर बजेट व्यवस्था गरेको छ ।

चीनले केही वर्षदेखि सैन्य खर्चमा कटौती गर्दै आएको छ । गत वर्ष चीनको सैन्य बजेटमा ७।५ प्रतिशत वृद्धि गरिएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ५ : ३७ बजे

आज लुम्बिनीविरुद्ध कर्णाली र विराटनगरविरुद्ध चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई

आज नेपाल पत्रकार महासङ्घको निर्वाचन

काठमाडौं । आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ । सदस्यता

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

कालिका मानवज्ञान मावि ६४ औ वर्षमा जिल्लास्तरिय खेलकुद, प्रर्दशनी र साहित्यक कार्यक्रम हुँदै

बुटवल । राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान

नबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित