१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ईद-उल-फित्रमा सार्वजानिक बिदा, इदगाहामा नमाज नपढी यसवर्षको ईद मनाईंदै



बुटवल । सरकारले मुस्लिम धर्मालम्बिहरुको सबैभन्दा ठुलो पर्व ईल उल फित्रका दिन सार्वजानिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले आज एक बिज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले ईदका दिन सार्वजानिक बिदा दिने जानकारी दिएको छ । मुस्लिम समुदायले बर्षौदेखि माग्दै आएको ईदको बिदा यस पटक सरकारले पुरा गरिदिएको छ ।

चन्द्रमा देखिएपछि मनाईनुपर्ने ईद उल फित्रको पुर्वनिर्धारित दिन तय नहुने हुंदा बिदा दिने दिनका बिषयमा अन्यौलता रहंदै आएको थियो । यसवर्ष नेपालको धर्म अगुवा तथा मुस्लिम धर्मगुरुहरुको सल्लाह अनुसार ११ गते ईद मनाउने निर्णय भए अनुसार आईतबार बिदा घोषणा गरिएको बताईएको छ ।

१ महिना ब्रत बसेर त्यस पछि मनाईने ईद उल फित्रका दिन मिठो खाने , नयां लुगा लगाउने र गरिव असहायहरुलाई दान दक्षिणा गर्ने समुदायमा प्रचलन रहंदै आएको छ । हरेक वर्ष स्थानीय इदगाहामा पुगेर नमाज पढेर मनाईने ईद यस वर्ष भने लकडाउनका कारण घर भित्रै बसेर नमाज पढ्न धर्मगुरुहरुले आह्वान गरेकाछन् ।

मस्लिम समुदायले १ महिनाको ब्रतको अवधिमा पढिने नमाज र तराबि पनि यो वर्ष घरघरमै पढेर पुरा गरेकाछन् । मुस्लिमहरुले ब्रत चलेको बेला दिनमा ५ पटक नमाज पढ्ने गर्दछन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ९ : ४८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्