२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

ईद-उल-फित्रमा सार्वजानिक बिदा, इदगाहामा नमाज नपढी यसवर्षको ईद मनाईंदै



बुटवल । सरकारले मुस्लिम धर्मालम्बिहरुको सबैभन्दा ठुलो पर्व ईल उल फित्रका दिन सार्वजानिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले आज एक बिज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले ईदका दिन सार्वजानिक बिदा दिने जानकारी दिएको छ । मुस्लिम समुदायले बर्षौदेखि माग्दै आएको ईदको बिदा यस पटक सरकारले पुरा गरिदिएको छ ।

चन्द्रमा देखिएपछि मनाईनुपर्ने ईद उल फित्रको पुर्वनिर्धारित दिन तय नहुने हुंदा बिदा दिने दिनका बिषयमा अन्यौलता रहंदै आएको थियो । यसवर्ष नेपालको धर्म अगुवा तथा मुस्लिम धर्मगुरुहरुको सल्लाह अनुसार ११ गते ईद मनाउने निर्णय भए अनुसार आईतबार बिदा घोषणा गरिएको बताईएको छ ।

१ महिना ब्रत बसेर त्यस पछि मनाईने ईद उल फित्रका दिन मिठो खाने , नयां लुगा लगाउने र गरिव असहायहरुलाई दान दक्षिणा गर्ने समुदायमा प्रचलन रहंदै आएको छ । हरेक वर्ष स्थानीय इदगाहामा पुगेर नमाज पढेर मनाईने ईद यस वर्ष भने लकडाउनका कारण घर भित्रै बसेर नमाज पढ्न धर्मगुरुहरुले आह्वान गरेकाछन् ।

मस्लिम समुदायले १ महिनाको ब्रतको अवधिमा पढिने नमाज र तराबि पनि यो वर्ष घरघरमै पढेर पुरा गरेकाछन् । मुस्लिमहरुले ब्रत चलेको बेला दिनमा ५ पटक नमाज पढ्ने गर्दछन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ९ : ४८ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका