२० आश्विन २०८३, मंगलबार | October 7, 2026

बांकेको नरैनापुरमा संक्रमित भगाईयो, संक्रमित लिन पुगेको एम्बुलेन्सलाई अवरोध



नेपालगन्ज । बाँकेको नरैनापुरमा आज पुष्टी भएका संक्रमितहरु क्वारेन्टाइनबाट भगाईएको आशंका गरिएको छ । क्वारेन्टाइनमा रहेका १३ जना संक्रमितलाई आइसोलेसन अस्पताल ल्याउन गएको एम्बुलेन्सलाई स्थानीयले अबरोध गर्दै फिर्ता पठाएकाछन् । एम्बुलेन्सलाई बाटोमैं अवरोध गरिंदा नरैनापुर गाउँपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय संकरनगर कोटियाको क्वारेन्टाइनबाट संक्रमित भगाईएको आशंका गरिएको छ ।

प्रत्येक्षदर्शीका अनुसार, आइसोलेशनमा लैजानका लागि नेपालगन्जबाट पुगेको एम्बुलेन्सलाई अवरोध गरि गांउलेहरुले संक्रमितलाई संगै लिएर भागेका छन् । ठुलो संख्यामा भेला भएका भिडलाई सम्हाल्न नसकेपछि सुरक्षाकर्मी सहितको एम्बुलेन्स फिर्ता भएको हो । उनीहरु आफु भित्र संक्रमण नरहेको दावी गर्दै क्वारेन्टाइनबाट फरार भएको बताईएको छ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिरबहादुर ओलीले स्थानीयले अवरोध गरेर केहि संक्रमितहरुलाई क्वारेन्टाईनबाट आफुसंग लगेको बताउनु भयो । उहांले डिएसपीको नेतृत्वमा थप सुरक्षाबल पठाईएको जानकारी दिंदै स्थानीय जनप्रतिनिधिबाट प्रहरीलाई असहयोग भएको गुनासो गर्नुभयो । संक्रमितहरुलाई बिना पिपिई समात्न पनि नमिल्ने र स्थानीयले पनि नछाड्ने गरेपछि समस्या परेको एसपी ओलीको भनाई छ ।

आज मध्यान्हमा बांकेको नरैनापुरमा १३ जनामा संक्रमण पुष्टी भएको थियो । अघिल्लो हप्तामात्र गांउमा ५९ जनामा संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  १० : ३१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते