१७ श्रावण २०८३, आइतबार | August 3, 2026

बांकेको नरैनापुरमा संक्रमित भगाईयो, संक्रमित लिन पुगेको एम्बुलेन्सलाई अवरोध



नेपालगन्ज । बाँकेको नरैनापुरमा आज पुष्टी भएका संक्रमितहरु क्वारेन्टाइनबाट भगाईएको आशंका गरिएको छ । क्वारेन्टाइनमा रहेका १३ जना संक्रमितलाई आइसोलेसन अस्पताल ल्याउन गएको एम्बुलेन्सलाई स्थानीयले अबरोध गर्दै फिर्ता पठाएकाछन् । एम्बुलेन्सलाई बाटोमैं अवरोध गरिंदा नरैनापुर गाउँपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय संकरनगर कोटियाको क्वारेन्टाइनबाट संक्रमित भगाईएको आशंका गरिएको छ ।

प्रत्येक्षदर्शीका अनुसार, आइसोलेशनमा लैजानका लागि नेपालगन्जबाट पुगेको एम्बुलेन्सलाई अवरोध गरि गांउलेहरुले संक्रमितलाई संगै लिएर भागेका छन् । ठुलो संख्यामा भेला भएका भिडलाई सम्हाल्न नसकेपछि सुरक्षाकर्मी सहितको एम्बुलेन्स फिर्ता भएको हो । उनीहरु आफु भित्र संक्रमण नरहेको दावी गर्दै क्वारेन्टाइनबाट फरार भएको बताईएको छ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिरबहादुर ओलीले स्थानीयले अवरोध गरेर केहि संक्रमितहरुलाई क्वारेन्टाईनबाट आफुसंग लगेको बताउनु भयो । उहांले डिएसपीको नेतृत्वमा थप सुरक्षाबल पठाईएको जानकारी दिंदै स्थानीय जनप्रतिनिधिबाट प्रहरीलाई असहयोग भएको गुनासो गर्नुभयो । संक्रमितहरुलाई बिना पिपिई समात्न पनि नमिल्ने र स्थानीयले पनि नछाड्ने गरेपछि समस्या परेको एसपी ओलीको भनाई छ ।

आज मध्यान्हमा बांकेको नरैनापुरमा १३ जनामा संक्रमण पुष्टी भएको थियो । अघिल्लो हप्तामात्र गांउमा ५९ जनामा संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  १० : ३१ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले