२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

त्रिवि शिक्षण अस्पताल र ग्राण्डी अस्पतालका बिरामीमा कोरोना संक्रमण, ग्राण्डी अस्पताल सिल



काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल र धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत एक एक बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको कोरोना तथ्याङ्क अनुसार काठमाडौं र मकवानपुरका एक एक जना कोरोना संक्रमित यी दुई अस्पतालमा उपचाररत रहेको पुष्टि भएको हो ।

शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ५४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसन केन्द्रमा सारिएको छ ।

हेटौंडा उपमहानगरपालिका हुप्राचौरकी ती महिलालाई हेटौंडा अस्पतालले त्रिवि शिक्षण अस्पतालमा रेफर गरेको थियो ।

यस्तै, काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका अर्का व्यक्ति ग्रान्डी अस्पतालमा उपचाररत बिरामी भएको खुलेको छ।

३५ वर्षीय पुरुषले ग्राण्डीमा उपचार गराइरहेका थिए । उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ।

उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पताल सिल गर्न लागिएको छ ।

दुवै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  १२ : ४४ बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३