५ पुस २०८२, शनिबार | December 20, 2025

त्रिवि शिक्षण अस्पताल र ग्राण्डी अस्पतालका बिरामीमा कोरोना संक्रमण, ग्राण्डी अस्पताल सिल



काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल र धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत एक एक बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको कोरोना तथ्याङ्क अनुसार काठमाडौं र मकवानपुरका एक एक जना कोरोना संक्रमित यी दुई अस्पतालमा उपचाररत रहेको पुष्टि भएको हो ।

शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ५४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसन केन्द्रमा सारिएको छ ।

हेटौंडा उपमहानगरपालिका हुप्राचौरकी ती महिलालाई हेटौंडा अस्पतालले त्रिवि शिक्षण अस्पतालमा रेफर गरेको थियो ।

यस्तै, काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका अर्का व्यक्ति ग्रान्डी अस्पतालमा उपचाररत बिरामी भएको खुलेको छ।

३५ वर्षीय पुरुषले ग्राण्डीमा उपचार गराइरहेका थिए । उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ।

उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पताल सिल गर्न लागिएको छ ।

दुवै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  १२ : ४४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता