१९ माघ २०८२, सोमबार | February 3, 2026

सैनिक अदालतले चलायो आफ्नै अधिकृतमाथि भ्रष्टाचारको कारवाही



काठमाण्डौ । नेपाली सेनाका ३ अधिकृत सहित ५ जनालाई सम्पत्ति र अनुशासन तथा आचरणको कसुरमा कारवाही गरिएको छ । श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा उनीहरु दोषी ठहरिएकाले कारवाही गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले जानकारी दिएको छ । दोषी अधिकृत सहित अन्य दर्जाका सैनीकलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको निर्देशनालयले जनाएको छ ।

श्री सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित श्री सैनिक आवासिय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको सम्बन्धमा सुनुवाई गर्न सहायक रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्ड गठन भएको थियो । ईन्क्वायरी बोर्डकै प्रतिबेदनको आधारमा समरी जनरल सैनिक अदालतबाट कसुरदारहरुलाई कारवाहीको फैसला सुनाएको नेपाली सेनाले जनाएको छ ।

महा सेनानी भुपालमान अधिकारीले श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई सैनिक ऐन बमोजिम दुई महिना कैद सहित भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरीने गरी सेवाबाट हटाउने सैनिक अदालतबाट फैसला गरेको छ । फैसलामा थापाले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरी लिएर खाएको ठहरिन आएको भन्दै विगो रकम एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया असुल गर्ने समेत फैसला गरेको छ ।

सेनाको अदालतले प्रमुख सेनानी देव बहादुर क्षेत्रीले आर्थिक अनियमितता गरेको ठहर गर्दै सैनिक ऐन बमोजिम २ बर्ष बढुवा
रोक्का गर्नुका साथै चारलाख चालीस हजार असुल गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरि हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरी सैनिक ऐन बमोजिमको कसुरमा दोषी ठहरीएकोले भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरीने गरी सेवाबाट हटाई । तीन लाख साठी हजार असुल गर्ने फैसला सुनाएको छ भने हुद्धा गणेश बहादुर अधिकारीले २ बर्ष तलव वृद्धी ९ग्रेड० रोक्का गर्ने र दश हजार असुल उपर गर्ने फैसला सुनाईएको छ।

अलातलले लेखा तर्फका सहसेनानी सुरेन्द्र विक्रम भण्डारीलाई आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगराई सैनिक ऐन बमोजिमको कसुरमा दोषी ठहर गर्दै नसिहत दिने फैसला सुनाएको छ । अन्य १३ जनालाई भने सफाई दिएको छ

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ३ : ०२ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली