२० भदौ २०८३, शनिबार | September 5, 2026

छिमेकी जिल्लामा कोरोना सङ्क्रमित, डोटीमा त्रास



डोटी । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कैलाली, बैतडी र छिमेकी जिल्ला डडेल्धुरामा शुक्रबार पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि यहाँका अन्य पाँच पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा, दार्चुला र डोटीमा त्रास बढेको छ । भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि यहाँका पहाडी जिल्लाका स्थानीयवासीमा त्रास बढ्न थालेको हो ।

सुदूरपश्चिम प्रदेशमा प्रायः कामका लागि वर्षेनी पहाडी जिल्लाबाट बढी स्थानीय जानेको भएको र अहिले पनि भारतबाट यहाँका पहाडी जिल्लाका मानिस बढी फर्किएका कारण गाउँघरमा भएका स्थानीयवासीमा त्रास बढ्न थालेको दिपायल पिपल्लाका स्थानीय हर्कबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आएकामा कोरोना देखिन थाल्यो, हाम्रो गाउँका पनि धेरै भारतबाट आएका छन्, गाउँमा कोरोना आएको छ कि भन्ने चिन्ता लाग्दै छ ।”

सुदूरपश्चिम प्रदेशमा शुक्रबार देखिएका सङ्क्रमितमध्ये तीन कैलाली र एक बैतडी तथा एक डडेल्धुराका रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । सङ्क्रमितमध्ये केही समय पहिले तीन जना भारतबाट रोजगारी गरेर फर्किका युवा भएकाले उनीहरुको साथमा आएका अन्य नागरिकमा पनि कोरोनाको सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा डोटीका गाउँमा त्रास फैलिने अवस्था सिर्जना भएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हुलकाहुल मान्छे भारतबाट आएका छन्, कसैमा कोरोना देखिन थालेको छ, त्यही कारणले पनि अन्य नागरिकमा चिन्ता बढ्न थालेको हो ।” शुक्रबारसम्म यहाँका कैलालीको त्रिनगर र कञ्चनपुरको गङ्डाचौकी नाकाबाट मात्रै तीन हजार ५०० नेपाल प्रवेश गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

कामको सिलसिलामा भारतका विभिन्न शहर गएका यहाँका स्थानीयवासी अहिले जिल्ला फर्किएका छन् । उनीहरुलाई बिनाजाँच यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा राख्न थालिएको छ । कोभिड–१९ को जाँच गर्ने आरडिटी किट नभएका कारण उनीहरुलाई बिनाजाँच क्वारेन्टिनमा राखिन थालिएको बताइएको छ । कोरोना जाँच नगरी क्वारेन्टिनमा राखिन थालिएका कारण गाउँमा कोरोना फैलिन सक्ने आशङ्कामा स्थानीवासीमा पैदा भएको सायल गाउँपालिका–१ का स्थानीय दीर्घ बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनासम्बन्धी कुनै जाँच नगरी धमाधम भारतबाट आएकालाई गाउँका क्वारेन्टिनमा राखिन थालेको छ, जसले गर्दा पछि निकै समस्या हुने स्थिति देखिँदै छ ।”

जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि सम्पूर्ण तयारी भएकाले भारतबाट नागरिक आए भन्दैमा कोही कसैले डराउनुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा अहिलेसम्म कोरोनाका शङ्कास्पद बिरामी अहिलेसम्म भेटिएका छैनन्, भारतबाट नागरिक आए भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन ।”

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पतालमा आइसोलेसन श्ययाको सङ्ख्या बढाउन थालिएको छ । जिल्ला अस्पतालमा अहिले १० श्ययाको आइसोलेसन बनाइएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना नियन्त्रणका लागि हामी निकै सजग भएका छौँ, सोहीअनुरुप अस्पतालमा श्ययाको सङ्ख्यासमेत थप गरेका छौँ ।” जिल्लामा रहेका निजी अस्पतालमा पनि अवस्थाअनुसार आइसोलेसन श्यया बढाउने तयारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ३ : ०१ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २