५ श्रावण २०८३, मंगलबार | July 22, 2026

प्रदेश ५ को नामाकरण र राजधानी कोभिड-१९ नियन्त्रण पछि



बुटवल । प्रदेश नम्बर ५ ले फेरी पनि चालु प्रदेशसभा अधिवेशनबाट नाम र स्थायी राजधानी नपाउने भएको छ । प्रदेशसभाको बैठकमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाइने बताउनु भएपछि नामारण र राजधानीको समय सरेको हो ।

आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना नियन्त्रण भएपछि राजधानी र नामाकरणको टुंगो लगाइने बताउनु भयो । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै यादवले राजधानीको टुंगो लागेपछि गुरुयोजना बनाइने र संरचनाहरू निर्माण गरिने समेत बताउनु भयो ।
नीति तथा कार्यक्रममा अर्को बर्ष चरंगे(पाल्पा दोभान सडकमा सवारी गुडाइने जनाइएको छ । प्रदेशभरका सबै नागरिकलाइ बिजुली पुर्याउदै ३ बर्षभित्र उज्यालो प्रदेश बनाइने जनाइएको छ । प्रदेश ५ का सबै काठका पोल हटाइनेछ ।

सरकारको कार्यक्रममा प्रदेशका सडकहरुमा सन्चालन हुने यातायात र यात्रुको सूरक्षाका लागि मोड काटने लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
ठुला सडकलाई सुरक्षतीत बनाई भाडालाई कार्डको माध्यमबाट लिईने कार्यक्रम तय गरीएको छ भने चालु आर्थिक बर्षमा ५५ बटा पुल निर्माण सम्पन्न गरीने र बांकी ४० पुल अर्को बर्ष सम्पन्न गरिने सरकारको निती तथा कार्यक्रममा समावेश गरीएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ४ : ३३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं