२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नयाँ नक्शा अनुसार संघीय संसदको लोगो परिवर्तन हुने



काठमाडौं । सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्शा अनुसार संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।

सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समितिले सो निर्णय गरेको हो ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताउनुभयो ।

संघीय संसदका दुबै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोशाक र संघीय संसदको प्रतिक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ ।

यसैगरी प्रतिनिधिसभाले पनि संघीय संसदको लोगो परिवर्तन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले संघीय संसदको लोगो र सांसदहरुले प्रयोग गर्दै आएको लोगोलाई परिवर्तन गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  १ : ४९ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष