१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

कोरोनाले रोकेन बिहेलाई, लकडाउनकै बीचमा पनि भारतमा सयौंको विवाह



बेङ्लोरमा आइतबार एक जोडी बैबाहिक जीवनमा बाँधिदै थिए । जबकी त्यतिबेला बेङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागु गरेको थियो ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै आइरहेको छ । भारतमा अहिले चौथो चरणको लकडाउन छ । यो लकडाउन यही महिनाको अन्त्यसम्मका लागि तय भइसकेको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेपनि अत्यावश्यक कामका लागि भने लचकता देखाएको छ । यस्तै अत्यावश्यक काम अन्तर्गत बैबाहिक कामलाई पनि मानिएको छ ।

उपयुक्त र पर्याप्त आधारहरु देखाउन सके, अहिले नै गर्नु पर्ने बाध्यात्मक कारण पेश गर्न सकेमा र पहिले नै निर्धारण भएको अवस्थामा सरकारले बैबाहिक कार्यक्रम गर्नका लागि अनुमती दिने गरेको छ ।

यही आधारमा आइतबार कैयौँ जोडी बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरुलाई भिडभाड नगरी आधारभूत धार्मिक तथा सांस्कृतिक प्रक्रिया पुरा गर्न अनुमती दिइएको छ ।

बैबाहिक कार्यक्रम गर्दा सामाजिक दुरी कायम गर्नु पर्ने, ५० जना भन्दा बढी सहभागी हुन नपाउने, मास्क र पञ्जा लगाउनु पर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनै पर्ने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

बैबाहिक कार्यक्रममा सहभागी एक जनाले भन्नुभयो, “हामीले सरकारको निर्देशन र मापदण्डलाई ख्याल गरेर नै २५ जनालाई मात्रै विवाहमा ल्याएका छौँ ।”

बैबाहिक जीवन शुरु गर्न लागेका अधिकांश बेहुला बेहुलीहरुले पनि मास्क लगाएका थिए भने अन्य सहभागीलाई अनिवार्य नै गरिएको थियो ।

बैबाहिक कार्यक्रममा गर्भवती, ६५ बर्षभन्दा माथिका बृद्धबृद्धा र १० बर्षभन्दा साना बालबालिकालाई सहभागी गराउन नपाइने व्यवस्था पनि गरिएको छ ।

विवाह गरिएको ठाउँमा सेनिटाइजरको पर्याप्त उपलब्धता र प्रयोग हुनु पर्ने र थर्मल गन मार्फत सबैको ज्वरो नाप्ने व्यवस्था पनि गर्नु पर्ने सरकारले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।
सरकारले तय गरेका मापदण्डहरुलाई अबलम्बन गर्दै धेरै जोडीले लकडाउनका बेलामा पनि बैबाहिक जीवन शुरु गरेका हुन् । उनीहरुको बैबाहिक कार्यक्रमलाई अन्य अवस्थाको भन्दा फरक मानिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ६ : २४ बजे

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका