२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

बिश्वभरीका नेपाली ईस्लामहरुलाई राष्ट्रपतिको शुभकामना



काठमाण्डौ । आज मुस्लिम धर्मालम्बिहरुको सबैभन्दा ठुलो पर्व ईद उल फित्र अर्थात इद । नेपालमा रहेका इस्लाम समुदायले धुमधामकासाथ आज इद मनाईरहेकाछन् ।

मुस्लिम धमालम्बिहरुको महान पर्वका अवसरमा राष्ट्रपति बिद्यादेबी भण्डारीले शुभकामना ब्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शुभकामनामा इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ ।

इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको पनि सन्देशमा उल्लेख गर्नुभएको छ । सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनेर पर्व मनाउने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

१ महिना ब्रत पछि मनाईने इदमा उस वर्ष नेपाल सरकारले सार्वजानिक बिदा समेत दिएको छ । मुस्लिम परम्परा अनुसार १ महिनाको ब्रत पछि देखिने पहिलो चन्द्रमालाई हेरेपछि रमजानको महिना समाप्त हुन्छ ।

चन्द्रमा देखिएको दोस्रो दिन मुस्लिम धर्मालम्बीहरुको सबै भन्दा ठूलो पर्व ईद उल फित्र सुरु हुने गर्दछ । ब्रतकै बिच मुसलमानहरुले बर्ष भरी गरेको आम्दानीबाट २.५ प्रतिशत निकाली गरिव तथा असहायलाई बांड्नु पर्दछ । यसरी बांडिने दानलाई समुदायमा जकात भन्ने गरिन्छ ।

जकातबाटै निश्चित रकम छुट्याएर ईदको दिन फित्र दान गरेपछि ईदगाहामा नमाज पढेर ईद पर्व मनाउने गरिन्छ । ईदमा गच्छे अनुसार बिभिन्न परिकारहरु बनाई छरछिमेक, इष्टमित्रलाई बोलाई इदी खुवाउने चलन समेत रहेको छ । रमजानको महिना खानामा मात्र नभएर जिवशैलीका हरेक बिषयमा अनुसानको ब्यवस्था गरिएको मुस्लिम अगुवा मेराज अहमदले जानकारी दिनुभयो ।

तर यसवर्ष कोरोना कहरका कारण इस्लामहरुले न त ब्रतमा मस्जिदमा गएर नामज पढे न तराबी । आज पनि ईदगाहा मस्जिदमा नगई घरघरमै नमाज पढेर पर्व मनाउन धर्मगुरुहरुले आह्वान गरेकाछन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ६ : ५८ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र