१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपालको सीमा अतिक्रमण गरेजस्तो ठान्यो भारतले, चिनिँया भूमि अतिक्रमण गर्न जाँदा लखेटिए भारतीय सेना



सबैजसो छिमेकी माथि सधैंभर हैकमवादी नीति अवलम्बन गर्दै आएको भारत अहिले छिमकै कारण सबैभन्दा तनावग्रस्त बनेको छ । गलत छिमेक नीतिकै कारण यतिबेला भारत सबैतिरबाट एक्लिएको छ ।

रोटी र वेटीको सम्बन्ध रहेको भन्दै नेपाललाई सधैंभर इमोशनल ब्ल्याकमेलिङ गर्दै र नेपालको आन्तरिक राजनीति सहित सबै मामिलामा काठमाडौंबाटै माइक्रो म्यानेजमेन्ट गर्दै निरन्तर सीमा अतिक्रमण गरिरहेको छ । पाकिस्तनसँग पुस्तौनी दुश्मनी रहेकै छ । श्रीलंका र बंगलादेशसँग पनि उति राम्रो सम्बन्ध रहेको छैन । कठपुतली सरकार बनाउन भारतीय गुप्तचर संस्था रअ सफल भए पछि भारतलाई अहिले अलिक सहज सहयोग गर्ने देश समुद्र पारको छिमेकी मालदिभ्स मात्र बनेको छ ।

नेपाल जस्ता मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गर्ने त भारतको सधैंभरको नियत नै रहेको छ । छिमेक प्रथमको नरेन्द्र मोदी डक्ट्रिनले छिमेकीलाई नै हर्ट गरिरहेको छ । छिमेकीप्रति अनुदार भारत यतिबेला आफ्नो विशाल छिमेकी चीनसँग सीमा क्षेत्रमा भैरहेको सैनिक मुठभेडले छट्पटाएको छ ।

दुई साता पहिले पूर्वोत्तर भारतको सिक्मिम सेक्टरमा भारत र चीनका सेनाबीच धक्कामुक्की चल्यो । दुवैपक्षका झण्डै १२ जना फ्रन्टलाइनका हतियारविहीन सेना घाइते भए । त्यसको एकसाता नवित्तै लद्दाख अक्साई चीन सीमा क्षेत्रमा चिनिया जनमुक्ति सेनासँग भारतीय सेनाले लज्जास्पद नियती भोग्नुपरेको छ ।

चिनिया जनमुक्ति सेनाले अक्साई चीन–लद्दाख क्षेत्रको गवालन घाँटी र पानगोङ ताल क्षेत्रबाट भारतीय सेनालाई लखेटेका छन् । त्यहाँको झण्डै दुईतिहाई भूभाग चिनिया भूमिभित्र पर्छ । भारतले भने यो सम्पूर्ण भूभाग पूर्वी लद्दाख क्षेत्र भन्दै आफ्नो दाबी गर्दैआएको छ । नेपालको लिम्पियाधुरा–कालापानी क्षेत्र अतिक्रमण गरेजस्तै अतिक्रमण गर्न पुगेका भारतीय सेनालाई जनमुक्ति सेनाले लखेटेर भारतीय सीमा भित्रै पुर्याइदिएको छ ।

भारत र चीनबीच सीमा विवाद रहेको त्यस क्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल Line of Actual Control, LAC (एलएसी)ले छुट्याएको छ । एलएसी कुनै कोरिएको सीमा रेखा नभएर अनुमानित सीमा रेखा हो । भारत र चीनबीच सन् १९६२ मा भएको युद्ध पछि दुवै मुलुकले एलएसीका आधारमा सीमा क्षेत्रलाई अहिलेसम्म सन्तुलित राख्दै आएका छन्। एलएसीको व्याख्या भने आफुअनुकुल भैरहेको छ । सीमा क्षेत्रमा जहाँसम्म जुन मुलुकले गस्ती गर्ने गर्छन्, त्यहीँसम्मको भूभागलाई आफ्नो भन्दै आएका छन् । तर, यसमा पनि भारत चुकेको छ । भारतले सीमाक्षेत्रको गस्तीलाई कुनै आधिकारिक रेकर्ड गर्ने गरेको थिएन । तर चीनले भने सुरु देखि नै आफ्नो सेनाले गस्ती गरेको भिडियो रेकर्ड राख्ने गरेको छ । ताकी दुवै मुलुकबीच विवाद भएमा प्रमाणका लागि त्यो भिडियो रेकर्ड देखाउन सकियोस । भारतले सन् २०१० पछि मात्र भिडियो रेकर्ड राख्न थालेको थियो । एलएसीआसपास कुनै भौतिक निर्माणको काम समेत गर्न नपाउने सहमति दुवै मुलुकबीच भएको थियो । तर, अहिले भारतीय सेनाले अहिले एलएसी नै पार गरेर चिनिया भूमिभित्र निर्माणका गतिविधि गर्न थालेपछि गत साता चिनिँया सेनाले त्यसको विरोध गर्दै रोक्नलाई चेतावनी दियो ।

यसअघि पनि त्यो क्षेत्रमा धेरै विवाद हुने गरेको थियो । दुईपक्षका सैनिक कमाण्डरहरुबीच हुने वार्ता पछि तनाव मत्थर हुनेगरेको थियो । तर, यसपटक भने अवस्था संवेदनशील बनेको छ । भारतीय सेनाले आफ्ना हजारौं जगेडा सैनिकलाई फ्रन्टलाईनमा पठाएको छ ।

गत अगष्टमा भारतीय संविधानमा रहेको जम्मु काश्मिरको विशेषाधिकार खारेज गर्दै राज्यलाई नै तीन टुक्रा बनाएको भारतले गत नोभेम्बरमा नयाँ नक्शा जारी गर्यो । त्यस नक्शामा पाकिस्तानी सीमानाभित्रको आजाद कास्मिर, गिलगिट बाल्टिस्टान, चीनको अक्साई चीनलाई समेत समेटेर आफ्नो भूमिभित्र पार्यो । भारतले नेपालको लिम्पियाधुरा–कालापानी क्षेत्रलाई पनि समेटेर आफ्नो नक्शाभित्र पार्यो । नेपालको सडकमा भारत विरोध नारा लाग्यो । पाकिस्तानले क्रुद्ध प्रतिक्रिया जनाउँदै भारतीय नक्शालाई वाईहात भन्यो । चीनले बेइजिङबाट भारतलाई कडा सन्देश दिँदै सीमा क्षेत्रको यथास्थितिलाई तलामाथि नगर्न चेतावनी दिँदै आफ्नो भौगोलिक अखण्डता र सार्वभौमसत्ता जोगाउन चीन सधैं तयार रहेको सन्देश नयाँ दिल्लीलाई दियो । भारतीय सेनाको गतिविधि लद्दाख क्षेत्रमा विगतमा भन्दा बढ्न थालेपछि चीनले पनि आफ्नो सीमा क्षेत्रमा सैन्य मजबुतीलाई अझ बढी बढाएको थियो ।

मे महिनाको सुरुमै एलएसीको यथास्थितिको अवस्था (Status Quo)लाई भारतीय सेनाले उल्लंघन गरेको भन्दै चिनिया सेनाले तत्काल काम नरोके कारवाही गर्ने चेतावनी दियो । चिनिया झण्डै ५ हजार सेना गवालन घाँटी र पानगोङ लेक आसपास रहेका छन् । १७ हजार फिटको उचाइमा रहेको यस क्षेत्रमा सुरु देखि नै चिनिया नियन्त्रण प्रभावकारी रहेको छ ।

तर, चीनको चेतावनीका वावजुद एलएसीको चिनिया दाबीभित्रकै भूमिभा भारतीय सेनाले निर्माणको काम जारी राखेपछि तनाब बढेको हो । त्यसपछि, चिनिया सेनाले भारतीय सेनालाई एलएसीको अतिक्रमित चिनिया भूमिबाट लखेटेर भारतीय क्षेत्र भित्रै पठाइदिएका छन् ।

पूर्वी लद्दाखमा भएको तीन अलगअलग घटनामा आफ्ना सेनालाई चिनिया सेनाले नियन्त्रणमा लिएको समाचार सैनिक स्रोतलाई नै उदृध गर्दै भारतीय संचारमाध्यमहरुले समाचार प्रकाशित प्रसारित गरेपछि नयाँ दिल्लीमा भूकम्प गएको छ । तर, भारतीय सेनाले भने आफ्ना जवानहरु चिनिया सेनाको नियन्त्रणमा भएको कुरालाई अस्वीकार गरेको छ । भारतीय सेनाका प्रवक्ता कर्णेल अमन आनन्दले सीमा क्षेत्रमा तनाब बढेको स्वीकार गर्दै सैनिकहरु चिनियाको नियन्त्रणमा नभएको दाबी गरेका छन् । भारतको विदेश मन्त्रालयले चीनले भारतीय सेनाको सामान्य पेट्रोलिङलाई हानी पुर्याउन खोजेको भन्दै आपत्ति जनाएको छ । तर, चीनले भने सीमा क्षेत्रमा अनावश्यक भौतिक निर्माणको काम नगर्न र त्यस क्षेत्रलाई यथास्थितिमै राख्न फेरि पनि चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ८ : ४१ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर