६ बैशाख २०८३, आइतबार | April 19, 2026

देशभर ६८२ जना कोरोना संक्रमित, पछिल्लो पटक ६ जना थपिए



काठमाडौं । कोरोना भाइरसका थप ६ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमित हुने व्यक्तिहरुको संख्या ६८२ पुगेको छ ।

पहिलो पटक सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा पनि कोरोना संक्रमित देखिएका छन् ।अछामको मेललेक गाउँपालिकाका ३२ वर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको सेती अञ्चल अस्पतालको प्रयोगशालामा स्वाव परीक्षण गरिएको थियो ।

यस्तै, भेरी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बर्दिया गुलरिया ३ र १० नं. वडाका दुई जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बारा जिराभवानी गाउँपालिकाको कालिकामाई क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये १ जना काठमाडौं निवासी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाराका एक वृद्धसहित कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या ४ पुगेको छ । मृतक ४ जनासहित कोरोना संक्रमितको कुल संख्या ६८२ पुगेको छ । संक्रमित मध्ये ६०२ जना पुरुष र ८० जना महिला रहेका छन् ।

यसैबीच, तौलिहवा अस्पतालबाट आज १ जना निको भएर घर फर्किएका छन् । यससँगै कोरोना संक्रमणलाई जितेर निको हुनेको संख्या ११२ पुगेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ४ : ३३ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा