२२ मंसिर २०८२, सोमबार | December 8, 2025

जेठ महिना लागेपछि प्रदेशका विभिन्न नाकाबाट ३१ हजार भन्दा बढी नेपाली स्वदेश छिरे



बुुटवल, १२ जेठ । सरकारले चैत्र ११ गते देखि नै सिमा नाकामा सिल गरेपनि भारतबाट नेपाल भित्रिने क्रम रोकिएको छैन । मुल नाका र चोरी नाकाहुंदै नेपालीहरु दिनहुं सयौंको संख्यामा नेपाल भित्रिईरहेकाछन् । चोरी नाकाबाट भित्रिने नेपालीहरुको तथ्यांक राज्यसंग नभएपनि मुल नाकाबाट मात्रै ३१ हजार बढी नेपाली नेपाल भित्रिएको सरकारको आंकलन छ ।
लामो लकडाउनका कारण रोजगारी गुुमाएका नेपालीहरु भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्किने क्रम तीब्र भएको छ । कोभिड–१९ (कोरोना भाइरस) भारतमा संक्रमण बढदै गएपछि नेपाल आउनेहरु पनि बढेका हुुन ।
भारतका विभिन्न सहरमा मजदुुरी गर्ने ३१ हजार भन्दा बढी नेपाली पछिल्लो १० दिन यता प्रदेश पाँचका विभिन्न नाकाबाट नेपाल भित्रिएका छन् । यो संख्या बैधानिक रुपमा नाकाबाट भित्रिनेको संख्या हो । लुुकिछिपी आउनेको तथ्याङक सरकारसँग छैन ।
जिल्लाका सुुरक्षा संयन्त्रका अनुुसार यो क्रम अझै बढदै जाने देखिन्छ । प्रदेशका दश वटा नाकाबाट भित्रिएका उनीहरु ६० भन्दा बढी जिल्लाका छन् । प्रदेश पाँचका ६ वटा जिल्लामा भारतसँग जोडिएका छन ।
कपिलवस्तुुका प्रमुुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कृष्णनगर र सुुनौली नाकाबाट जेठ १ गतेदेखि ११ गतेसम्म १० हजार ९ सय २ जनालाई वैधानिक रुपमा नेपाल भित्राइएको बताए । उनीहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी जुुन जिल्लाका हुुने त्यही जिल्लाको पालिकाका पठाउने गरिएको छ ।
पौडेलले भने, ‘१० हजार ९ सय २ जना भित्रिएका मध्ये कपिलवस्तुका ३ हजार १ सय ९३, अन्य बाहिरी जिल्लामा ७ हजार ७ सय ९ जना छन । उनीहरुलाई सम्बन्धित जिल्लामा पठाइयो । भारतमा गाडी र रेल चलेसँगै नेपालीहरु आउने क्रम बढ्यो । नाकाबाट भित्राउन थालेपछि चोरबाटो हुुने नेपाल प्रवेश गर्ने क्रम घटेको छ ।’
नेपाल आएकाहरुलाई सम्बन्धित जिल्लाका पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने र त्यहीँ कोरोनाको पिसिआर जाँच गर्ने व्यवस्था मिलाइएको छ । प्रदेश पाँचमा कोरोना संक्रमण पनि तीब्र छ ।
बाँकेका सहायक प्रमुुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपालगञ्जको रुपैडिया र जमुुनाहा नाकाबाट गरी जेठयता १० हजार भन्दा बढी नेपाल भित्रिएको जानकारी दिए । तिमध्ये ७५ प्रतिशत कर्णाली प्रदेशका छन् । उपाध्यायले भने, ‘सरकारले सीमामा आएकालाई सहज रुपमा प्रवेश दिने सरकारको निर्देशन लगतै हामीले उनीहरुलाई सुुरक्षित रुपमा नाकामै गाडी पुु¥याएर सम्बन्धि गाउँमा जाने व्यवस्था मिलाएका छौं ।’ बाँके देशकै कोरोनाको इपिसेन्टर बनेको छ । त्यहाँको नरैनापुुर गाउँपालिकामा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन । गाउँपालिकामै सय भन्दा बढी संक्रमित भएपछि प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गरी नेपाली सेना परिचालन गरेको छ ।
रुपन्देहीका प्रमुुख जिल्ला अधिकारी माहादेव पन्थले पछिल्लो डेढ हप्तामा बेलहिया (सुुनौली) नाकाबाट ५ हजार भन्दा बढी नेपाली भित्रिएको जानकारी दिए । पछिल्लो दिनमा दैनिक १ हजार नेपाली मजदुुरहरु सुुनौली नाकाबाट भित्रिएका छन् ।
‘आइतबार ८ सय आए शनिबार १ हजार ८ आएका थिए । यो क्रम बढदो छ । सम्बन्धित पालिकालाई बोलाएर लैजाने व्यवस्था गरिएको छ । पालिकाबाट नआएकाहरुलाई रुपन्देहीकै विभिन्न क्वारेन्टाइनमा राखिएको छ ।’ रुपन्देहीमा विभिन्न ८ वटा क्वारेन्टाइमा ३ हजार ८ सय जनालाई राखिएको छ ।
त्यस्तै प्रदेश पाँचको पश्चिमको जिल्ला बर्दियाबाट दुुई हजार भन्दा बढी मानिसहरु भित्रिएका छन । बर्दियाका प्रमुुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले हाम्रो नाकाबाट कम मानिसहरु भित्रिएको बताए । ‘रुपन्देही, कपिलवस्तुु, बाँके जस्तो बर्दियामा ठूला नाका छैनन । यहाँ दुुई वटा राजापुुर र गुलरिया गरी दुुई वटा छोटी भन्सार छन । त्यहाँबाट जेठ महिनामा गरी दुुई हजारजति मानिसहरु भित्रिएका छन । उनीहरु धेरै बर्दियाकै छन ।’ प्रजिअ लामिछानेले लोकान्तरसँग भने । आइतबार मात्र जिल्लामा ४ सय ६५ जना भित्रिएका छन । जिल्लामा ३० जना क्वारेन्टाइन अवधि पुुरा गरेका भारतीय नागरिकलाई भारत पनि पठाएको छ ।
पश्चिम नवलरासीबाट करिब दुुई हजार नागरिक नेपाल भित्रिएका छन । उनीहरु महेशपुुर नाका हुुँदै भित्रिएका हुुन । दाङबाट पनि कम मानिसहरु भित्रिएका छन् । जिल्लाको कोइलाबास नाकाबाट कम मात्र मानिसहरु छिर्ने गर्छन । यो नाका खासै प्रयोगमा छैन । प्रदेश १२ जिल्लामा १९ हजार नागरिक क्वारेन्टाइनमा छन । यो संख्या क्वारेन्टाइनमा बस्नेको मात्रै हो । प्रदेश पाँचमा कोरोना संक्रमितको सख्या २ सय ५० भन्दा बढी छ । त्यस्तै २ जनाको ज्यान पनि गइसकेको छ । ३२ जनाले कोरोना जितेर घर फर्किका छन । भने प्रदेशका १२ जिल्लामध्ये ७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । यो क्रम अझै बढदै जाने देखिन्छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ८ : ४७ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब