२० आश्विन २०८३, मंगलबार | October 7, 2026

सुर्खेतमा एकैपटक १२ जना संक्रमित थपिए, क्वारेन्टाइनको जिम्मा सेनालाई दिन चिकित्सकको सुझाव



सुर्खेत । कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले बताउनुभएको छ ।

उहाका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो । अब कर्णालीमा कुल संक्रमित संख्या २३ जना भएको छ ।

डा. खड्काले कर्णालीको अवस्था भवावह बन्दै गएको भन्दै समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई दिन नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिहरुमा संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश सरकारले पनि भारतबाट आउने नेपालीलाई सीमावती क्षेत्रमै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।

भारत सरकारले सीमासम्म पुग्न सहज बनाइदिएपछि करिब २५ हजार कर्णालीबासी घर फर्किने अनुमान प्रदेश सरकारको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ९ : ३६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते