४ पुस २०८२, शुक्रबार | December 19, 2025

सरकारले लकडाउन पालना गराउन नसकेको राहुल गान्धीको आरोप



भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले लकडाउनलाई राम्ररी पालना गराउन नसकेको आरोप लगाएका छन् ।

गान्धीले बारम्बार सत्तारुढ दल भारतीय जनता पार्टीलाई आलोचना गर्दै आउनुभएको छ । यसैक्रममा मङ्गलबार पनि उहाँले सरकारले लागू गरेको लकडाउनको राम्रोसँग पालना गराउन नसकेको आरोप लगाउनुभएको हो ।

मंगलबार सम्वाददाताहरुसँग गरेको अन्तरक्रियाका क्रममा उनले सो आरोप लगाएका हुन् । उनले भारतमा ठूलो संख्यामा कोरोनाका संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको र त्यसमा सरकारको काम प्रभावकारी हुन नसकेको पनि बताए ।

गान्धीले भनेका छन्, – यो लकडाउन किन र केका लागि गरिएको हो भन्ने उद्देश्य पनि प्राप्त हुन सकेको छैन, दिन प्रतिदिन विरामीहरु बढ्दै छन् र यो सबै सरकारले घोषणा गरेको लकडाउनको नीति बमोजिम काम हुन नसकेर हो ।

गान्धीले भारतले चार चरणको लकडाउन पनि पार गरेको र यो अवधिमा खासै उपलब्धि हुन नसकेको भन्दै अब सरकारले अघि सार्ने रणनीति के हो भन्ने कुरा भारतीय जनताले जान्न चाहेको बताए ।

पहिले प्रधानमन्त्रीले चार चरणको लकडाउनबाट सबै ठीक हुन्छ भनेको भए पनि अहिले भारतमा सोचेभन्दा पनि बढीको दरमा कोरोनाका संक्रमितहरु बढिरहेकोले अब सरकारले के नीति बनाउँछ भन्ने बारेमा हेर्न भारतीय जनता आतुर रहेको उनले बताए

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ३ : ५८ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह