१५ माघ २०७९, आइतबार | January 30, 2023

कसरी गरिन्छ कोरोनाको परीक्षण ? के हो आरडीटी र पीसीआर परीक्षण ?



आरडिटी विधिमा गरिने परीक्षणमा भाइरसका जेनेटिक टुक्रा (जिनका टुक्रा)हरू छन् कि छैनन भन्ने परीक्षण गरिन्छ । यो विधिबाट परीक्षण गर्दा नमुनामा जेनेटिक टुक्राहरू छन् भने भाइरस पनि छ भन्ने कुरा प्रमाणित हुन्छ । यो परीक्षणबाट नमुना लिएको बखत सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ वा छैन भन्ने थाहा हुन्छ । भाइरस छ भने उनमा सङ्क्रमण छ भन्ने बुझिन्छ । यसरी एक जना संक्रमित भइसकेपछि त्यो भाइरस व्यक्तिको शरीरमा कति समयसम्म रहने भन्ने फरक पर्न सक्छ । सम्बन्धित व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमताको आधारमा यो रहने गर्छ । रोगसँग लड्ने क्षमता अनुसार कोही व्यक्तिमा यो भाइरस छिट्टै पनि हराउन सक्छ भने कोहीमा चाररपाँच हप्तासम्म रहन सक्ने हुन्छ । तर, पिसिआर परीक्षण भनेको अत्यन्तै जटिल परीक्षण हो। यो परीक्षण गर्न समय पनि उत्तिकै लाग्ने हन्छ, र प्रयोगशालाको सेटअप पनि सोहीअनुसार विशेषको हुन आवश्यक छ । परीक्षण गर्ने व्यक्तिसँग पनि विशेष किसिमको तालिम लिएर विज्ञता हुनुपर्छ ।

कोरोना सङ्क्रमण संसारमा देखिएपछि नै यसलाई कुन–कुन विधिबाट परीक्षण गर्न सकिन्छ भनेर विभिन्न वैज्ञानिकहरूले लगातार अनुसन्धान गरिरहेका छन् । त्यही अनुसन्धानको आधारमा शरीरले भाइरससँग लड्न बनाउने एन्टीबडी पनि परीक्षण गरेर रोग पत्ता लगाउन सकिन्छ भनेर नयाँ९नयाँ विधिहरूको विकास भइरहेका छन् । कोभिड–१९ ले हाम्रो शरीरमा दुई किसिमको एन्टीबडी बनाउँछ । सुरुमा बन्ने भनेको ‘आइजिएम’ हो, र पछि भनेको ‘आइजिजी’ । ‘आइजिएम’ भाइरसको सङ्क्रमणपछि ४ र ५ दिनमा बन्छ । तर, व्यक्ति अनुसार फरक पनि पर्न सक्छ । सामान्यतः एक हप्ता पनि ‘आइजिएम’ देखिन थाल्छ, जुन, दुईतीन हप्तासम्म शरीरमा रहनसक्छ । रोग लागेको दुईतीन हप्तापछि ‘आइजिजी’ एन्टीबडी बन्न थाल्छ, जुन महिनौंसम्म शरीरमा रहनसक्छ। अन्य रोगबाट पाएको अनुभवले पनि यो एन्टिबडी लामो समयसम्म शरीरमा रहनसक्ने देखाएको छ । भन्नुको अर्थ, सुरुआतमा रोग हुँदा भाइरस मात्र भेटिने भयो। त्यसपछि पाँचदेखि सात दिन बितेपछि ‘आइजिएम’ भन्ने एन्टीबडी देखिने भयो । अझ दुई हप्ता बितिसकेपछि ‘आइजिजी’ भन्ने एन्टीबडि भेटिन सक्छ । र्रयापिड टेष्ट विधि ९आरडिटी० को फाइदा धेरै विज्ञता नचाहिने, साधारण र प्रयोगशाला नचाहिने हो। फिल्डमा गएर थोरै तालिम पाएकाले नै यो परीक्षण गर्न सक्छन्। र यसको नतिजा पनि १५ मिनेटमा नै आउँछ।

एक महिना जति समयपछि भाइरस र ‘आइजिएम’ नेगेटिभ हुन सक्छ। तर, ‘आइजिजी’ धेरै समयसम्म रहिरहन सक्छ । हामीले परीक्षण गर्दा सुरुआतमा पिसिआर मात्रै पोजेटिभ आउन सक्छ । एन्टीबडीको लागि गरिने परीक्षण नेगेटिभ हुन्छ। हप्तारदस दिनपछि पिसिआर र एन्टीबडी दुवैको परीक्षण पोजेटिभ आउने हुनसक्छ । त्यस्तै, तीन हप्ता, चार हप्ता बितेपछि भाइरस शरीरबाट हराइसकेको समयमा पिसिआर नेगेटिभ आउने तर, एन्टीबडीको परीक्षण पोजेटिभ आउने हुनसक्छ । त्यसैले, पिसिआरमा पोजेटिभ आयो, एन्टीबडीमा देखिएन वा एन्टीबडीमा पोजेटिभ आयो पिसिआरमा देखिएन भन्ने जति पनि प्रश्न छन, यो सबैको कारण यसैले हुने हो । यस किसिमको परीक्षणको लागि नयाँ विधिहरू पनि आइरहेका छन् । तर, आफैमा यो नयाँ विधि होइन । हामीले डेंगु, हेपाटाइटिसलगायतका भाइरसको परीक्षण एन्टीबडी परीक्षणबाट गरिरहेका छौं ।

एन्टीबडी परीक्षण गर्ने विभिन्न विधिहरू छन् । तीमध्ये धेरैजसो प्रयोगशालामा प्रयोग हुने ‘एलाइजा’ हो र अर्को ‘-यापिड टेष्ट’ । नेपालमा ‘एलाइजा’ पनि उपलब्ध छ । तर, यसको परीक्षणको लागि प्रयागशालाभित्रै बसेर परीक्षण गर्नुपर्ने हुन्छ । यसको लागि मेसिनदेखि दक्ष जनशक्ति चाहिन्छ । त्यसमाथि एकरदुई जनाको परीक्षण गर्दा अफ्ठ्यारो हुन्छ । चार देखि ६ सम्म पनि समय लाग्ने भएकाले ब्याचमा यसको परीक्षण गर्नुपर्ने हुन्छ । केही कम्पनीहरूले कोभिड–१९ को एन्टीबडी परीक्षणका लागि ‘एलआइजी’ पनि विकास गरिसकेका छन् ।
एन्टीबडी परीक्षण गर्ने अर्को विधि र्यापिड टेष्ट विधि ९आरडिटी० हो । अहिले नेपालमा पनि यो विधि भित्रिएको छ । अन्य देशमा पनि यो विधि अपनाएर काम भइरहेको छ । अमेरिका, युरोपियन युनियन, अष्ट्रेलिया, भारतलगायतका देशमा आरडिटीबाटै परीक्षण गर्ने कुरा समावेश गरेका छन् । यो विधिको फाइदा धेरै विज्ञता नचाहिने, साधारण र प्रयोगशाला नचाहिने हो । फिल्डमा गएर थोरै तालिम पाएकाले नै यो परीक्षण गर्न सक्छन् । र यसको नतिजा पनि १५ मिनेटमा नै आउँछ ।

पिसिआरभन्दा माथिका पनि केही परीक्षणहरू छन् । पिसिआरमा हामीले साधारणतयाः भाइरसका लागि दुई वा तीन वटा जीन हेर्ने कोसिस गर्छौँ भने यो भन्दामाथि भनेको जीन सिक्वेन्सी, जसले भाइरसको पूरा जिन परीक्षण गर्छ ।

आफैमा कुनै पनि प्रयोगशालामा परीक्षण पूर्ण हुँदैन। त्यति बेलाको बिरामीको अवस्थादेखि अन्य धेरै पक्षहरूसँग मिलाएर परीक्षणको नतिजाको मूल्याकङ्न गर्नुपर्ने हुन्छ । विभिन्न देशहरूले पिसिआर परीक्षण गर्ने मापदण्ड तोकेका छन् । नेपालमा पनि यस्तो मापदण्ड तोकिएको छ । भन्नुको अर्थ, कुनै पनि देशले सतप्रतिशत जनसंख्यालाई पिसिआर परीक्षण गर्नुपर्छ भन्ने मापदण्ड राखेको छैन । त्यसको एउटा निश्चित मापदण्ड बनाएर परीक्षण गर्नुपर्नेलाई पिसिआरबाटै गर्ने र जो व्यक्ति पिसिआर परीक्षणको मापदण्डमा आउनु हुन्न उहाँहरूलाई कुनै वैकल्पिक विधि अपनाएर परीक्षण गर्दा धेरैभन्दा धेरै को परीक्षण हुन सक्छ । त्यसमा केहीलाई हामीले समात्न सक्यौं भने

पिसिआरमाथि भर पर्दा छुट्न सक्ने केसहरू पनि समात्न सकिन्छ। यो पक्कै पनि रोगलाई नियन्त्रण गर्नको लागि फाइदाजनक हुनसक्छ ।
एन्टीबडी परीक्षणको अर्को एउटा फाइदा भनेको रोग निको भएपछि पिसिआर नेगेटिभ आउँछ । पहिला रोग लागिसकेको र त्यो बेला पिसिआर परीक्षण हुन नपाएकोहरूको गर्ने परीक्षण भनेको एन्टीबडी मात्रै हो । एन्टीबडी परीक्षण गरेर हाम्रो समुदायमा कति व्यक्ति कोरोनाबाट संक्रमित भएका थिए भन्ने बुझ्न पनि सहयोग गर्दछ ।

पिसिआरभन्दा माथिका पनि केही परीक्षणहरू छन् । पिसिआरमा हामीले साधारणतयाः भाइरसका लागि दुई वा तीन वटा जीन हेर्ने कोसिस गर्छौँ भने यो भन्दामाथि भनेको जीन सिक्वेन्सी, जसले भाइरसको पूरा जिन परीक्षण गर्छ । र अर्को भनेको भाइरस कल्चर हो । यसमा प्रयोगशालामा लिइएको नमुनाबाट भाइरस निकाल्ने परीक्षण गरिन्छ । यो परीक्षण गर्न सकिने भएता पनि प्रयोगशालामा गर्नको लागि सिफारिस गरिदैँन ।

यसरी प्रयोगशाला परीक्षणसँगै बिरामीको विगतमा भएका दैनिकीहरू हेरिन्छ। अहिले हामीले कुरा गर्दा बिरामीको यात्राको अध्ययन, ज्वरो छ कि छैन, स्वास फेर्न समस्या छ कि छैन भन्ने कुरा हेरिन्छ, जसलाई चिकित्सकीय भाषामा हिस्ट्री भनिन्छ । यो सँगसँगै सिटीस्क्यान, एन्टीबडीको नतिजा, पिसिआरको नतिजालगायतका सबै परीक्षण मिलाएर एकै ठाउँमा राख्दा रोगको परीक्षण वा पहिचानको दायरा बढाउन सकिन्छ ।

बिरामी अस्पतालमा नै हुनुहुन्छ, निगरानीमा नै हुनुहुन्छ, त्यति जरुरी छैन भने ब्याच बनाएर परीक्षण गरिन्छ । तर, कसैको चाँडो रिपोर्ट चाहिएको छ भने ती नमुनालाई चाँडो परीक्षण गर्छौं ।
साथै, पिसिआरको नतिजा कति समयमा आउने भन्ने कुरा हुन्छ। यो जटिल र समय लाग्ने विधि हो । एउटा गर्दा वा धेरै ब्याचमा गर्दा पनि

उत्तिकै समय लाग्छ। धेरै परीक्षण एकै समयमा गरियो भने समयको उपयोग निश्चित रूपमा हुने हुँदा हामी धेरैभन्दा धेरै ब्याच बनाउन खोज्छौं । यसो गरेमा निश्चित समयमा नतिजा दिन सकिन्छ धेरै भन्दा धेरैको । तर, टाइम धेरै लागिरहेको छ भने दुई चार नमुनाको पनि परीक्षण गरिन्छ ।

अर्को भनेको, बिरामीको नमुनाको परीक्षण गर्नुपर्ने कति जरुरी छ भन्ने कुरा पनि आउँछ । बिरामी अस्पतालमा नै हुनुहुन्छ, निगरानीमा नै हुनुहुन्छ, त्यति जरुरी छैन भने ब्याच बनाएर परीक्षण गरिन्छ । तर, कसैको चाँडो रिपोर्ट चाहिएको छ भने ती नमुनालाई चाँडो परीक्षण गर्छौं । एउटा नमुना अहिले नै परीक्षण गर्न सुरु गरियो भने यसको नतिजा ६ घण्टा भित्रै पनि दिन सकिन्छ । तर, साधारणतयः २४ देखि ७२ घण्टा समय माग्ने गर्छौं । कम्प्लेस विधि भएकाले, एकै पटकमा नतिजा नआउने भएकाले, बिग्रने हुनसक्छ, विभिन्न कुराहरू हुने भएकाले हामीलाई निश्चित समयमा परीक्षण भइसक्छ भन्ने कुरा जान्न गाह्रो हुन्छ ।
[डा. रुना झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख हुनुहुन्छ ]

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ४ : २८ बजे

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको

भुतखोलामा डुबेर एकजनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा तिनाउ गाँउपालिका २ भुतखोलामा

बाँकेमा श्रीमती र नाबालक छोरालाई जिउँदै जलाएर श्रीमान फरार, दुबैजना गम्भीर घाइते

नेपालगन्ज । बाँकेको कोहपलुरमा आफ्नै श्रीमानले श्रीमती र नाबालक छोरा

राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर

काठमाडौं । राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन