१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, पीसीआर रिपोर्ट बेलुकासम्म आउने



धनगढी । सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एक जना कोरोना आशंकित बिरामीको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालमा भर्ना भएका कैलाली गौरीगंगा नगरपालिका ७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।
भारतको महाराष्ट्रबाट फर्केका उनलाई हिजो मंगलबार बेलुकी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

‘कोरोनासंग मिल्दोजिल्दो लक्षण देखिएपछि आइसोलेसनमा भर्ना गरिएको थियो, तर भर्ना गर्ने बेला मृगी जस्तो कम्पन आउने, फिज फाल्ने समस्या पनि देखिएको थियो । मृतको पीसीआर परीक्षणको रिपोर्ट आजै बेलुका सम्म आउने बताइएको छ ।

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बैतडीका चार र अछामका दुई जना गरी छ जना संक्रमितको उपचार जारी छ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ पुगेको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ९ : ५९ बजे

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका