४ पुस २०८२, शुक्रबार | December 20, 2025

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, पीसीआर रिपोर्ट बेलुकासम्म आउने



धनगढी । सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एक जना कोरोना आशंकित बिरामीको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालमा भर्ना भएका कैलाली गौरीगंगा नगरपालिका ७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।
भारतको महाराष्ट्रबाट फर्केका उनलाई हिजो मंगलबार बेलुकी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

‘कोरोनासंग मिल्दोजिल्दो लक्षण देखिएपछि आइसोलेसनमा भर्ना गरिएको थियो, तर भर्ना गर्ने बेला मृगी जस्तो कम्पन आउने, फिज फाल्ने समस्या पनि देखिएको थियो । मृतको पीसीआर परीक्षणको रिपोर्ट आजै बेलुका सम्म आउने बताइएको छ ।

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बैतडीका चार र अछामका दुई जना गरी छ जना संक्रमितको उपचार जारी छ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ पुगेको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ९ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको