४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘हेट स्पिच मास्टर’ अर्णव गोश्वामीमाथि सीआईडी जाँच, आत्महत्याका लागि उक्साएको अभियोग



नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणको विषयमा भ्रामक र तथ्यहिन विश्लेषण गरेर नेपालमा बद्नाम भएका ‘हेट स्पिच मास्टर’ भारतीय पत्रकार अर्णव गोस्वामी विरुद्ध आत्महत्याका लागि उक्साउने भूमिका खेलेको मामिलामा भारतमा  सीआईडी जाँच हुनेभएको छ ।

भारतको महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सन् २०१८ मा टेलिभिजन पत्रकार अर्णव गोस्वामी र अन्य दुई व्यक्तिले आत्महत्याका लागि उक्साएको मामिलामा सीआईडी जाँच हुन लागेको जनाएका छन् ।

भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेसका अनुसार रायगढ पुलिसले गत वर्ष बन्द गरेको आत्महत्या दुरुत्साहनको फाइललाई नयाँ ढंगले अघि बढाउन गृहमन्त्रीले आदेश दिएको जनाएको छ । यो मामिला अन्यव नायक र उनको आमाको मृत्युँग जोडिएको छ, जसको शव मे २०१८ मा अलिबागस्थित बंगलामा भेटिएको थियो । नायकको आमाको आत्महत्याका लागि अर्णव गोश्वामी लगायत अन्य दुई जनाले उक्साएको अभियोग अर्णवमाथि लागेको छ ।

अन्यव नायककी छोरीका अनुसार रायगढ जिल्लास्थित अलिबाग पुलिसले घुस नपाउँदा एक केसको फाइल अघि नबढाएपछि अन्यव र उनकी आमाले आत्महत्या गर्नुपरेको थियो ।

तर, अहिले परिवारले दिएको निवेदनअनुसार महाराष्ट्रका गृहमन्त्रीले नयाँ ढंगले छानविन गर्न आदेश दिएका हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ११ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको