२८ चैत्र २०८२, शनिबार | April 11, 2026

‘हेट स्पिच मास्टर’ अर्णव गोश्वामीमाथि सीआईडी जाँच, आत्महत्याका लागि उक्साएको अभियोग



नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणको विषयमा भ्रामक र तथ्यहिन विश्लेषण गरेर नेपालमा बद्नाम भएका ‘हेट स्पिच मास्टर’ भारतीय पत्रकार अर्णव गोस्वामी विरुद्ध आत्महत्याका लागि उक्साउने भूमिका खेलेको मामिलामा भारतमा  सीआईडी जाँच हुनेभएको छ ।

भारतको महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सन् २०१८ मा टेलिभिजन पत्रकार अर्णव गोस्वामी र अन्य दुई व्यक्तिले आत्महत्याका लागि उक्साएको मामिलामा सीआईडी जाँच हुन लागेको जनाएका छन् ।

भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेसका अनुसार रायगढ पुलिसले गत वर्ष बन्द गरेको आत्महत्या दुरुत्साहनको फाइललाई नयाँ ढंगले अघि बढाउन गृहमन्त्रीले आदेश दिएको जनाएको छ । यो मामिला अन्यव नायक र उनको आमाको मृत्युँग जोडिएको छ, जसको शव मे २०१८ मा अलिबागस्थित बंगलामा भेटिएको थियो । नायकको आमाको आत्महत्याका लागि अर्णव गोश्वामी लगायत अन्य दुई जनाले उक्साएको अभियोग अर्णवमाथि लागेको छ ।

अन्यव नायककी छोरीका अनुसार रायगढ जिल्लास्थित अलिबाग पुलिसले घुस नपाउँदा एक केसको फाइल अघि नबढाएपछि अन्यव र उनकी आमाले आत्महत्या गर्नुपरेको थियो ।

तर, अहिले परिवारले दिएको निवेदनअनुसार महाराष्ट्रका गृहमन्त्रीले नयाँ ढंगले छानविन गर्न आदेश दिएका हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ११ : ४२ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि