२६ असार २०८३, शुक्रबार | July 10, 2026

बागलुङमा फेरि देखियो कोरोना, बडिगाड र तमानखोला गाउँपालिकाका ६ जनामा संक्रमण पुष्टि



बागलुङ । दुई महिनादेखि सुरक्षित रहेको बागलुङमा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ । एक्कैपटक बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

पोखरास्थित गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले बताएका् छ । संक्रमितहरुबारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी दिइएको छ । थप जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्ने पत्रकार सम्मेलनमार्फत आउने स्रोतले बताएको छ ।

दुवै स्थानमा देखिएका कोरोना संक्रमितलाई बागलुङ सदरमुकाममा रहेको धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा पठाउने तयारी भैरहेको छ ।

तमानखोला गाउँपालिकामा संक्रमित ४ जनासँगै ८ जना आएका थिए । उनीहरुसहित १४ जना गाउँपालिकाको क्वारेन्टाइमा रहेका छन् । यस्तै, बडिगार्ड गाउँपालिकाले ६ जनाको उद्धार गरेकोमा २ जनामा कोरोना देखिएको हो । गाउँपालिकाको क्वारेन्टाइनमा २ सय १३ जना छन् । संक्रमित सबै भारतबाट आएका हुन् ।

यसअघि बागलुङमा विदेशबाट आएका दुई जना महिलामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  १२ : ०० बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा