१७ श्रावण २०८३, आइतबार | August 2, 2026

दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै, बुधबार एकै दिन ११४ जना थपिए



काठमाडौं । बुधबार एकैदिन मात्र मात्र ११४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण फैलिने दर निरन्तर बढ्दो छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबार देशभर ११४ जना संक्रमित थपिएको जानकारी गराइएको हो ।

पछिल्लो अद्यावधिक विवरण अनुसार धरानस्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जना संक्रमित थपिएका छन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना थपिएका छन् । यसैगरी हेटौंडास्थित किटजन्य केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना, पोखरास्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ जना संक्रमित थपिएका छन् ।

यस्तै, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जना, भेरी अस्पतालको प्रयोगशालामा १६ जना र काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जना रहेको बताउनु भयो ।

यससँगै देशभर अहिलेसम्म संक्रमित हुनेको संख्या ८८६ पुगेको छ । यसमध्ये ७९६ जना पुरुष र ९० जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ४ : ३३ बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड