५ पुस २०८२, शनिबार | December 20, 2025

कर्णाली प्रदेश सरकारबाट संघीय सरकारसँग सेना परिचालन स्वीकृति माग



सुर्खेत । कोरोना भाइरसका संक्रमितहरु प्रदेशमा बढ्न थालेपछि व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले संघीय सरकारसँग सेना परिचालनको स्वीकृति मागेको छ ।

प्रदेशमा ठूलो संख्यामा भारतबाट फर्किने नागरिकहरु बढिरहेको र त्यससँगसँगै कोरोना भाइरस पनि सँगै भित्रिएको भन्दै प्रदेश सरकारले सेना परिचालन गर्नुपर्ने आवश्यकता महशुस गरेको हो ।

भारतबाट फर्किएकाहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न अनुमति मागेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले बताउनुभएको छ ।

प्रदेशमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ ।
भारतमा रोजगारी गुमेपछि कर्णालीबासी दैनिक सयौंको संख्यामा घर फर्किरहेका छन् । प्रदेश सरकारले कम्तिमा ३० हजार नागरिक घर फर्किने अनुमान गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ४ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको