४ पुस २०८२, शुक्रबार | December 19, 2025

बांकेमा सवारी दुर्घटना, ११ जनाको मृत्यु



बुटवल । पुर्व पश्चिम राजमार्गको बांके खण्डको ठुरीया जङ्लमा सवारी दुर्घटना हुंदा ११ जनाको मृत्यु भएको छ ।

जमुनाहा नाका हुंदै भारतबाट मजदुरी गरेर नेपाल फर्केका उनीहरु फोर्स गाडिमा सल्यान जानेक्रममा दुर्घटनामा परेका हुन् ।

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा ना ५ ख ५९९५ नम्बरको गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो । गाडीमा सवार२२ जना गम्भिर घाइते भएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको बताउनुभयो । २२ जना घाईते मध्य चार-पाँच जनाको अवस्था गम्भीर रहेको प्रजिअ कुरुम्वाङले बताउनुभयो ।

नेपालगञ्जबाट सल्यान बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न भेरी अस्पताल नेपालगञ्ज पु¥याईको छ । मृतकका शवहरु पनि भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ७ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको